‘सांगीतिक प्यास’को विमोचन खर्च पुर्ननिर्माणलाई
screennepal
प्रकाशित: २०७३, २ असार बिहीबार
no img

काठमाडौं । गायिका तथा गीतकार सुनिता गुरुङले एल्बम विमोचन गर्दा हुने फजुल खर्च जोगाउँदै सो रकम भूकम्पबाट क्षतिग्रस्त बस्तीको पूर्ननिर्माण कार्यलाई सहयोग गरेकी छन् । गायिका गुरुङले म्युजिक भिडियोसहितको आप्mनो पछिल्लो एल्बम ‘सांगीतिक प्यास’ सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’द्धारा सिन्धुपालचोकको मेलम्चीस्थित गिरान्चौरमा निर्माणाधिन एकीकृत नमूना बस्तीलाई सहयोग गर्र्दै सार्वजनिक गरेकी हुन् ।

IMG_3151
उनले बस्ती निर्माणस्थल गिरान्चौरमा पुगेरै सो एल्बम विमोचन गराएकी हुन् । ५ गीत र तीनका म्युजिक भिडियो संगृहीत भिसिडी एल्बम ‘सांगीतिक प्यास’ को विमोचन गर्दै गायिका गुरुङले ५१ हजार रुपैयाँ कट्टेललाई प्रदान गरिन् ।
त्यसैगरी लायन्स क्लब अफ काठमाडौं टेम्पलका तर्पmबाट प्रेसिडेन्ट अरुणकुमार श्रेष्ठले पनि ५१ हजार, १ शय ५१ रुपैयाँ सहयोग गरेका छन् ।
यस्तै सानो सानो रकमले २ लाख पनि नभएको हाम्रो धुर्मुस सुन्तली फाउण्डेसनमा २ करोड रुपैयाँ बढी जम्मा भएको छ र यो बस्ती निर्माण गर्नका लागि ठूलो हौसला मिलेको छ’ एल्बम विमोचन कार्यक्रममा सितारामले भने ‘यो एल्बम जहाँ जसरी विमोचन गरे पनि हुन्थ्यो । तर, यहाँ आएर विमोचन गर्दा मेरो र स्थानियवासीको आत्मबल बढेको छ ।’

IMG_3215
गायिका गुरुङले एल्बम विमोचनको खर्च बस्ती निर्माणका लागि सहयोग गर्दा सिर्जनासँगसँगै सामाजिक सेवा पनि हुने विश्वासका साथ गिरान्चौरमा पुगेर एल्बम सार्वजनिक गरेको बताइन् । ‘यो सहयोग त सानो हो, तर होटल वा पार्टी प्यालेसमा एल्बम विमोचन गर्दा हुने खर्चको रकमले बस्ती निर्माणमा सानै भएपनि सहयोग पुगोस् भनेर यहाँसम्म आएका हौ ।’
कार्यक्रममा एल्बमका निर्माता तथा लायन्स क्लब अफ काठमाडौं टेम्पलका महासचिव सुदर्शन महर्जनले सुनिताले जस्तै अन्य गायक गायिका तथा कलाकारले पनि फजुल खर्च कटौती गरी सो रकम सो बस्ती निर्माणको लागि खर्च गरे भूकम्पले क्षतिग्रस्त थुप्रै वस्ती पूर्ननिर्माणमा सहयोग पुग्ने चर्चा गरे । विमोचित एल्बमका सबै गीतमा सुनिताको स्वर रहेको छ भने निर्भाना कला केन्द्रको उत्पादन रहेको यो एल्बमका गीतहरुमा गायिका स्वयंका साथ भागवता आचार्य र किस्ना आचार्यको गीत तथा बिबी अनुरागी र मिलन लामाको संगीत छ ।

Comments