प्रेम भए ‘पाथीभरा सिगिंङ आईडल’
screennepal
प्रकाशित: २०७३, ३१ जेष्ठ सोमबार
no img

धरान । प्रथम ‘पाथीभरा सिंगिङ आईडल–२०७३’ को उपाधि प्रेम आङ्देम्बेले जितेका छन् । उनले अन्तिम फाइनलमा आफ्ना ९ प्रतिस्पर्धीलाई उछिन्दै ‘पाथीभरा सिगिंङ आईडल’ बन्न सफल भएका हुन् । शीर्ष विजेता प्रेमले उपाधिसँगै ५० हजार, एउटा गीत रेकर्डिङका साथै म्युजिक भिडियो निर्माणका लागि अवसर प्राप्त गरे ।

pathivara Idol
पाथीभरा डिजिटल रेकर्डिङ स्टुडियो इटहरीद्वारा आयोजित यस गायन रियालिटी शोमा भक्त विश्वास दोस्रो र तेस्रो सुधाश्रीया दवाडी भएका छन् । दोस्रो र तेस्रो हुने झक्त र सुधाश्रीयाले क्रमशः २५ हजार र एउटा गीत रेकर्डिङ तथा १५ हजार र एउटा गीत रेकर्डिङ गर्ने अवसर प्राप्त गरेका छन् ।

pathivara Idol 1
धरानको इटहरीमा सम्पन्न प्रतियोगितामा गायिका कुन्ति मोक्तान, गायक बालकृष्ण कार्की, एपी शेर्पा र गायक तथा संगीतकार बलराम समाल निर्णायक थिए ।

Comments