सौगात र विपना भए ‘मिस्टर एण्ड मिस नेपाल्स एसएलसी आईकन’
screennepal
प्रकाशित: २०७३, ३१ जेष्ठ सोमबार
no img

काठमाडौं । सौगात थापा मगर र विपना रिजालले ‘मिस्टर एण्ड मिस नेपाल्स एसएलसी आईकन–२०१६’ को उपाधि चुमेका छन् । अलनेपाल मिडिया हाउस, ललितपुरद्धारा राजधानीमा आयोजित प्रतियोगितामा सौगात मस्ट फ्रेण्डली तथा विपनाले बेष्टस्पिचको उपाधिसमेत चुमेका छन्।

11
कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न प्रतियोगितामा अरुण लामा मष्ट पपुलर, वेष्ट हेयर र फेसबुक च्वाइस तथा देश्ना थापा मगर मिस ट्यालेन्ट र वेष्ट हेयरको उप उपाधिका साथ फष्ट रनर्सअप, हर्षदिप कुमार चौधरी थारु मिस्टर क्याटवाक र बेष्ट आर्टवर्क तथा अञ्जुली तुम्बापो बेष्ट स्माईलका साथ सेकेन्ड रनर्सअप, सुरज योञ्जन मस्ट एक्टिभ तथा स्मृति राज्यलक्ष्मी राणा बेष्ट पर्सनालिटी र फेसन आईकन अवार्डका साथ थर्ड रनर्सअप, एलिस भट्टराई बेष्ट फिजिक तथा नरु थापा मगर मिस क्याटवाकका साथ फोर्थ रनर्सअप भए ।

9
त्यस्तै, दिपिका रिमाल थापा, कबिराज राई, विष्णु रिजाल, सुमिना श्रेष्ठ र सरोज प्याकुरेल निर्णायक रहेको प्रतियोगताको किशोरतर्पmको स्पर्धामा रोहित सैंजु भ्युवर्स च्वाईस र मिस्टर ट्यालेन्ट, युनिस बराल बेष्ट स्माईल र मष्ट फोटोजेनिक, सन्तोष घले मष्ट चार्मिङ, विवेक लामा मष्ट पर्फेक्ट र सुसान्त हुमागाई मष्ट पोजिटीभ एटिच्युड भएका छन् । प्रतियोगितामा सामेल सबै प्रतिस्पर्धीलाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रबृत्ती गरिएको प्रतियोगिताको किशोरीतर्पmको स्पर्धामा बिना केसी सोसियल्ली रेस्पोन्सीबल, स्मृती शाही मिस ब्युटी विथ पर्पस, गगां फुयाँल भ्युवर्स च्वाइस र मष्ट फिट्नेस, निलीमा सुवेदी मष्ट पपुलर, मष्ट फोटोजेनिक र मष्ट चार्मिङ, रुपाली शाह बेष्ट स्कीन, रक्षा खड्का बेष्ट डिसीप्लेन, सुष्मा प्रधान बेष्ट फिजीक, सन्ध्या चौधरी मष्ट फ्रेन्डली, अदिरा थापा मगर मिस कन्जियानिलीटी, अनमिका बाराकोटी मष्ट पर्फेक्ट र बेष्ट डान्स, पूजा ढकाल मष्ट डिर्जभिङ, रोश्नी श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर, रुञ्जना दवाडी मस्ट पोजिटिभ एटिच्युड, रश्मी महर्जन बेष्ट सिंगर, सिम्रन श्रेष्ठ युथ विथ रेस्पोन्सिवीलिटि र फेसबुक च्वाइस तथा निलिशा मानन्धर बेष्ट आर्टवर्क भएका छन् । विभिन्न विषयको एक महिना लामो प्रशिक्षण र तालिमपश्चात आयोजित प्रतियोगिताबाट एसएलसी परिक्षा दिई परीणामको प्रतीक्षामा रहेका विद्यार्थीहरुको व्यक्तित्व र आत्मविश्वास बृद्धि हुने विश्वास आयोजक संस्थाका प्रवन्ध निर्देशक लबबहादर कार्कीले गरेका छन् ।

Comments