प्रताप र केविकालाई ‘दुनियाँ बेग्लै छ’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, ३१ जेष्ठ सोमबार
no img
duniya Beglai chha, dance competition 2016 (7)

प्रताप र केविका

काठमाडौं । ‘दुनियाँ बेग्लै छ’ यो गीतले पछिल्लो समय निकै चर्चा पाइरहेको छ । समीर आचार्य र निक्की कार्कीले गाएको यही गीतको टाइटलमा आयोजना गरिएको अनलाइन डान्स कम्पिटिशन ‘दुनियाँ बेग्लै छ–२०१६’ को शीर्ष विजेता झापाका प्रताप सुनुवार र धरानकी केविका खत्री बनेका छन् ।

duniya Beglai chha, dance competition 2016 (5)
आइतबार राजधानीमा आयोजित ग्राण्ड फिनालेमा विजेता बनेका प्रताप र केविकाले अवार्डका साथै नगद ५० हजारमा प्राप्त गरे । ‘युएस खबर अनलाइन’ मिडियाले देशभरको प्रतियोगीलाई समेटर आयोजना गरेको ‘दुनियाँ बेग्लै छ’ मा अन्तिम स्पर्धामा पुगेका १२ जोडीमध्ये उत्कृष्ट चार छनोट गरिएको थियो । प्रतियोगितामा लक्ष्मी श्रेष्ठ र रीना तामाङ दोस्रो भए भने अजय चौधरी र रविना तामाङ तेस्रो भएका छन् । उनीहरुले क्रमशः अवार्डसहित नगद २५ हजार र १० हजार पाए ।
अप्सराज् इभेन्टको व्यवस्थापनमा आयोजित यस प्रतियोगिताका लागि फेसबुकमा अपलोड गरिएको भिडियो शेयर, लाईक र कमेन्टलाई समेत आधार मानिएको थियो । प्रतियोगिताको अन्तिम निर्णायकमा भने अभिनेता गजित विष्ट, राम केसी, दीपेन्द्रसिंह ठकुरीलगायत रहेका थिए । सम्भवतः नेपालमै पहिलोपटक आयोजित यस अनलाइन डान्स कम्पिटिशनमा काठमाडौ चाबहिलकी मन्दिरा श्रेष्ठ र नेहा तामाङले आउटस्ट्रेडिङ अवार्ड पाए । उनीहरुले डान्सिङ बीटको गीतमा समेत क्लासिकल डान्स देखाएपछि यो अवार्ड दिइएको आयोजकले जनाएको छ ।

duniya Beglai chha, dance competition 2016 (6)
प्रतियोगितामा सहभागीका लागि ‘दुनियाँ बेग्लै छ’ गीतमा नृत्य गरेको भिडियो फेसबुक वा अन्य सोसल मिडियामार्फत पठाउन आयोजकले आग्रह गरेको थियो । सहभागीका लागि अनिवार्य कपल हुनुपर्ने प्रावधानअनुसार प्रतियोगीले ‘कपल डान्स देखाएका थिए । कार्यक्रम बरिष्ठ नृत्य निर्देशक राजु शाहको प्रमुख आथित्यमा सम्पन भएको थियो । तस्बिर : सुनिलराजभण्डारी/स्क्रीन नेपाल

duniya Beglai chha, dance competition 2016 (3) duniya Beglai chha, dance competition 2016 (1)

https://www.youtube.com/watch?v=iRj6sZuDKGU

Comments