गीतकार डीपीको स्वरमा हल्का–हल्का (भिडियो)
screennepal
प्रकाशित: २०७३, ३० जेष्ठ आईतवार
no img

काठमाडौं । ‘सेल्फी हानौँला’ र ‘ओइलिएर झर्न दिन्नँ’ जस्ता गीत लेखेरे पछिल्लो समय चर्चामा आएका गीतकार डीपी खनालले यसपटक भने आफैले गाएका छन् । गीतकार डीपीले आफ्नै शब्दरचनामा ‘बोलन हल्का–हल्का’ बोलको गीत गाएका छन्, जुन गीतको भिडियोमा सार्वजनिक गरिएको छ ।
भर्खरैमात्र यु–ट्युब तथा विभिन्न टेलिभिजन च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा शंकर थापा स्माईलको संगीत रहेको छ । बिनोद न्यौपाने र सलिना पोख्रेलको अभिनय रहेको यस म्युजिक भिडियोलाई नविनबाबु गुरुङले खिचेका हुन् । यस भिडियोको निर्देशन तथा सम्पादन कमल एक्चै मगरले गरेका हुन् । यस भिडियोलाई पर्फमिङ आर्ट क्रियशनले बजार ब्यबस्थापन गरेको हो ।

Comments