भावनाको जीवन बचाउँन ओइरिए कलाकार र समाजसेवी (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, २९ जेष्ठ शनिबार
no img

कार्यक्रममा बोल्दै भावनाका दाजु गायक मोहनले भने, ‘मेरी बहिनीको उपचारका लागि यो कार्यक्रम गर्न जो–जसले भूमिका निर्वाह गर्नुभएको छ, त्यसप्रति म आभारी र कृतज्ञ व्यक्त गर्न चाहन्छु ।’ साथै उनले आफ्नी बहिनीको उपचारका लागि सहयोग गर्न देश–विदेशमा रहेका नेपाली तथा आफ्नो समुदायलाई अपिलसमेत गरेका छन् ।

एमपी सुब्बा

ललितपुर । ललितपुरस्थित किराँत याक्थुङ चुम्लुङ परिसर शनिबार लिम्बू तथा गैरलिम्बू समुदायका दर्शकदीर्घाले भरीभराउ भए, जहाँ राष्ट्रियस्तरमा कहलिएका लिम्बू समुदायका कलाकारहरु अपरान्ह्देखि नै ओइरिएका थिए । प्रथम ‘नेपाली तारा’ दीपक लिम्बूदेखि अहिलेकी चर्चित मोडल निशा पोमुसम्मको सहभागिताले दर्शकले शनिबारीय विदालाई भरपुर्ण सदुपयोग गरे । करिब दुई दर्जन स्थापित र नयाँ गायक/गायिका तथा विभिन्न कलाकारको प्रस्तुति हेरेर दर्शकले मनोरञ्जनमात्र लिएन्, उनीहरुले आफ्नो समुदायका कलाकारको प्रतिभा र दम्भले गौरम्वित पनि देखिए ।

charity show, screennepal (4)
यसरी राष्ट्रियस्तरका लिम्बू समुदायका कलाकार एकैस्थानमा ओइरिनुको एउटै उद्देश्य ताप्लेजु फुङ्लिङ–७ की मृगौलापीडित भावना मादेनका लागि आर्थिक सहयोग जुटाउनु हो । २२ वर्षीया भावना केही समययता मृगौलापीडित छिन् । पीडित भावना गायक मोहन मादेनकी आफ्नै बहिनी हुन् । गायक मोहनकै सक्रियताका भावनाको उपचारका लागि आर्थिक सहयोग जुटाउन सांस्कृतिक कार्यक्रम गरिएको हो ।

charity show, screennepal (1)
किराँत याक्थुङ चुम्लुङ सांस्कृतिक परिषद्, फक्ताङ्लुङ सांस्कृतिक मञ्च र गायक समाज ताप्लेुङले पीडित भावनाको आर्थिक सहयोगका लागि संयुक्त रुपमा आयोजना गरेको ‘मृगौलापीडित सहयोगार्थ सांस्कृति साँझ–२०७३’ च्यारिटी शोमा करिब दुई दर्जन लिम्बू तथा गैरलिम्बू समुदायका चर्चित कलाकारले प्रस्तुति दिए । सांस्कृतिक कार्यक्रममा सहभागीले कलाकारको प्रस्तुति हेरेर मनोरञ्जन त लिए नै उनीहरुले पीडितलाई आर्थिक सहयोगसमेत गरे ।

charity show, screennepal (3)

टिकटबाहेक उनीहरुले आ–आफ्नै हैसियतअनुसार नगद सहयोग गरेर भावनालाई नयाँ जीवन प्रदान गर्न अग्रसर भए । ‘जीवन पाएपछि दीर्घायु जिउनपर्छ’ २२ वर्षकै उमेरमा मृगौलापीडित बनेकी भावनालाई आर्थिक सहयोग गरेपछि एक दाताले भने, ‘यो बहिनी मेरै जिल्ला ताप्लेजुङकी हुन् । उनको जीवन रक्षार्थ सकेसम्म सहयोग गर्नेछु ।’

charity show, screennepal (2)
कार्यक्रममा उपस्थित दर्शक तथा समाजसेवीले मात्र नभएर भावनाको जीवन जोगाउन देश–विदेशबाट पनि सहयोग आएको सञ्चालकले जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै भावनाका दाजु गायक मोहनले भने, ‘मेरी बहिनीको उपचारका लागि यो कार्यक्रम गर्न जो–जसले भूमिका निर्वाह गर्नुभएको छ, त्यसप्रति म आभारी र कृतज्ञ व्यक्त गर्न चाहन्छु ।’ साथै उनले आफ्नी बहिनीको उपचारका लागि सहयोग गर्न देश–विदेशमा रहेका नेपाली तथा आफ्नो समुदायलाई अपिलसमेत गरेका छन् ।
कलाकार यासेली योङ्याङ र चर्चित एमसी तथा सञ्चारकर्मी याङ्जोम शेर्पाले सञ्चालन गरेको कार्यक्रममा दीपक लिम्बू, रुकमान लिम्बू, कुसल थलङ, कञ्चन थलङ, सुमन तिगेला, उत्तमजंग लिम्बू, मेलिना राई, पदम राई, हास्य कलाकार गणेश इशारा, अन्तरा सांगीतिक समूहलगायतका गायक तथा गायिकाले गीत प्रस्तुत गरे भने मोडल तथा नृत्यांना निशा पोमु, रञ्जिता लिम्बू साउदेनलगायतले नृत्य प्रस्तुत गरे । कार्यक्रममा विभिन्न समाजसेवी तथा राजनीतिज्ञहरुको पनि सहभागिता थियो । कार्यक्रमको प्रायोजन ललितपुरको मिलनचोकस्थित ‘तेह्रथुमे ढाका शप’ले गरेको थियो । उक्त ढाका शपमा तेह्रथुमको ढाकाको विभिन्न पहिरन अर्डर अनुसार पाइन्छ ।

Comments