आँशुको सागरमा गायक सत्यराज–शान्ति (भिडियो)
screennepal
प्रकाशित: २०७३, २८ जेष्ठ शुक्रबार
no img

काठमाडौं । गीतकार तथा संगीतकार जिवेश सेढाइँको एल्बम ‘जिन्दगीको बाटोमा’ समावेश गायक सत्यराज आचार्यको स्वर रहेको ‘आँशुको सागरमा…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकाका विभिन्न ठाउँमा छायाँकन गरिएको यो म्यूजिक भिडियोमा गायक सत्यराज र मोडल शान्ति गुरुङले अभिनय गरेका छन् ।
यसअघि गायिका श्रुति सिंहको स्वर रहेको चर्चित गीत ‘तिमी गर या नगर’ ल्याएका गीतकार र संगीतकार जिवेशको यो पहिलो एल्बम हो । आठ वर्षदेखि निरन्तर सांगीतिक सिर्जनामा सक्रिय सेढाईं हाल अमेरिकामा नै बसोबास गर्छन । प्रशन्न पौडेलको निर्देशन रहेको एल्बमको शिर्ष गीतको म्यूजिक भिडियो अहिले विभिन्न टेलिभिजनमा पनि देख्न सकिन्छ ।

Comments