फायर ढिस्कोमा अनु र जेनिशाले -याम्प नाप्ने
screennepal
प्रकाशित: २०७३, २७ जेष्ठ बिहीबार
no img

काठमाडौं । ‘फायर अन द -याम्प’ नाम दिइएको फेसन शोमा अभिनेत्री अनु शाह र जेनिशा केसी पनि -याम्पमा उत्रने भएका छन् । यसअघि अभिनेत्री बेनिशा र अनु भनिएको थियो । त्यसलाई सच्याउँदै नेपाल मोडलिङ संघका अध्यक्ष तथा कार्यक्रमका कोरियोग्राफर दिनेश शाहीले बेनिशाको स्थानमा जेनिशा हुने बताए ।

Anu shaha,screennepal
कार्यक्रममा अन्य सेलिब्रेटीले पनि -याम्प नाप्ने भएका छन् । कार्यक्रम आउने शनिबार ठमेलस्थित फायर डिस्कोमा हुने बताइएको छ । शाहीका अनुसार कार्यक्रममा अनु र जेनिशाका अलावा मोडल दीपक घिमिरे, मिस्टर नेपाल सन्दिप पोखरेल, गणेश अग्रवाल, सुरज चिल्वाल र मोडल नहिन शाहीले पनि -याम्पमा नाप्नेछन् । कार्यक्रममा चर्चित गायक धिरज राई, कमल खत्री, रबिन दर्शन शाही, रमिता भण्डारी, बुनु राईलगायतको जोडदार संगीतिक प्रस्तुति रहने बताइएको छ ।

zenisha kc, screennepal

Comments