सुरेशको ‘म हाँसेको हुन्छु’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, २७ जेष्ठ बिहीबार
no img

काठमाडौं । ‘नेपाली तारा’ सिजन ३ मा तेश्रो स्थान हासिल गरेका गायक सुरेश लामा स्वरबद्ध पहिलो गीत ‘म हाँसेको हुन्छु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विभिन्न टेलिभिजन च्यानलका साथै यु–ट्युवमार्फत भिडियो दर्शक तथा श्रोतामाझ ल्याइएको हो ।
युवा गीतकार डी.पी.खनालको शब्दरचना रहेको यस गीतमा शंकर थापा ‘स्माइल’ को संगीत रहेको छ । निराजन प्रधान र रश्मी लोहनीको अभिनय रहेको यस भिडियोलाई युवराज वाईबाले निर्देशन गरेका हुन । भिडियोमा युवापुस्तामा हुने गहिरो माया प्रेममा एक–अर्का बिचको सर्मपणलाई चित्रण गरिएको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।   

Comments