विदेशयात्रासँगै नेपालमा पनि उस्तै व्यस्त यी ‘मेगास्टार’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २७ जेष्ठ बिहीबार
no img

rajesh payal rai, screennepal 1

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा ‘मेगास्टार’ का रुपमा चिनिन थालेका राजेशपायल राईका लागि विदेशयात्रा पानी पधेँरोजस्तै हो । उनी १२ महिनामा करिब ८ महिना  विदेशमै हुन्छन् । राजेशपायल राई स्वदेशमा जति चर्चित छन् उत्ति नै विदेशमा पनि । यस्तो व्यस्तताको बाबजुद पनि केही दिनअघि राजेशपायललाई काठमाडौं प्लाजास्थित ड्रिम्स स्टुडियोमा भेटिए, जहाँ उनी गाउँदै थिए, तिमी जुन झैं हाँसे…’ ।
आधुनिक सेन्टिमेन्टल यस गीतको गीतकार हुन् मोहनराज भट्टराई । विदेशीमै व्यस्त भएपछि राजेशपायलको स्वरमा गीत रेकर्ड गर्न विशेष समय मिलाउनुपर्ने एक किसिमको बाध्यता गीतकार तथा संगीतकारलाई छ । तर, उनी सहज पनि छन् । यदि उनलाई फुर्सद छ भने जसले बोलाएपनि गाउन तयार हुन्छन् । त्यसैले नै त उनी सबैका प्रिय गायक बन्न सफल भएका हुन् । नेपालमा हुँदा राजेशपायल सातामा सातैदिन रेकर्डिङमा व्यस्त हुन्छन् । उनी भन्छन्, ‘समयले भ्याएसम्म र स्वास्थ्यले साथ दिएसम्म गाउँन छाड्दिनँ ।’

विदेशीमै व्यस्त भएपछि राजेशपायलको स्वरमा गीत रेकर्ड गर्न विशेष समय मिलाउनुपर्ने एक किसिमको बाध्यता गीतकार तथा संगीतकारलाई छ । तर, उनी सहज पनि छन् । यदि उनलाई फुर्सद छ भने जसले बोलाएपनि गाउन तयार हुन्छन् । त्यसैले नै त उनी सबैका प्रिय गायक बन्न सफल भएका हुन् । नेपालमा हुँदा राजेशपायल सातामा सातैदिन रेकर्डिङमा व्यस्त हुन्छन् । उनी भन्छन्, ‘समयले भ्याएसम्म र स्वास्थ्यले साथ दिएसम्म गाउँन छाड्दिनँ ।’

बझाङका मोहनराज रोजगारीको सिलसीलामा कोरियामा छन् । यो गीत उनले कोरियामै कोरेका हुन् । यस गीतलाई गायक तथा संगीतकार राजशुक्र लिम्बूले संगीत गरेका हुन् । विदेशमा रहेर पनि नेपाली गीतसंगीतप्रति रुचि राख्नेहरु पछिल्लो समय दिनदिनै बढिरहेका छन् । यसैको एक उदाहरण हुन् गीतकार मोहनराज । नेपालमा हुँदै इच्छाएको एउटा रुचि उनले कोरिया पुगेर पूरा गरिहेका छन् । साथै उनी राजेशपायल जस्ता नेपाली सांगीतिक क्षेत्रका मेगास्टारसँग आफ्नो गीत रेर्कड गराउन पाउँदा खुसी छन् । गीतको शब्दभावअनुसार संगीत सिर्जना पनि उत्तिकै उत्कृष्ट बनेको छ । गायक राजेशपायलले समेत यस गीतलाई निकै मिहिनेत गरेर गाएका छन् । संगीतकार र गायकको मिहिनेतले गीत सोचेभन्दा राम्रो बनेको छ । यस गीतको एरेञ्ज बाबुल गिरीले गरेका हुन् ।
मोहनराजले चाँडै एल्बम ल्याउँने आफ्नो सोच रहेको बताएका छन् । संगीकार तथा गायक राजशुक्रसँग सामाजिक सञ्जालमा भेटिनुले पनि उनको एल्बम ल्याउने सोचले पुर्णता पाउने भएको छ । यो रेकर्डिङ गीत मोहनराजको एल्बमकै लागि हो । सामाजिक सञ्जाल फेसबुकमै भेटेर मोहनराज र राजशुक्रबीच कुराकानी भएपछि यो गीत तयार भएको हो । हुन त यसअघि पनि राजशुक्रले गीतकारसँग फेसबुकमै कुराकानी गरेको आधारमा केही गीत तयार गरिसकेका छन् ।

Comments