राकेश र अनिशालाई ‘मिस्टर एण्ड मिस एसएलसी आईकन’ उपाधि
screennepal
प्रकाशित: २०७३, २६ जेष्ठ बुधबार
no img

काठमाडौं । राकेश तामाश र अनिशा खरेलले ‘मिस्टर एण्ड मिस एसएलसी आईकन–२०१६’ को उपाधि चुमेका छन् । प्लस टु अध्ययनका लागि पूर्ण छात्रबृत्ति प्रदान गर्दै एसएलसी दिएर परिणामको प्रतिक्षामा बसेका विद्यार्थीबिच आयोजित सौन्दर्य प्रीतयोगितामा राकेशले ‘मिस्टर एलएलसी आईकन’ र अनिशाले ‘मिस एलएलसी आईकन’ को ताज जितेका हुन् ।

IMG_9352
अश्विनी झाको कोरियोग्रफी र सञ्चालनमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न यस प्रतियोगितालाई एएनपी मिडिया हाउसले गरेको हो ।
प्रतियोगितामा पुरुषतर्पm विमल राई फस्ट रनर्सअपका साथ बेष्ट सिंगर, किरण डंगोल सेकेन्ड रनर्सअपका साथ भ्यूवर्स च्वाइस, मोष्ट एक्टिभ र बेष्ट डान्सर, अनुराग झा थर्ड रनर्सअपका साथ यूथ विथ रेस्पोन्सिवीलिटि तथा निकेश शाही फोर्थ रनर्सअपका साथ बेष्ट डिस्प्लिन भए ।

IMG_9360
त्यसैगरी युनिश मगर मिस्टर क्याटवाक र बेष्ट फिजिक, सौगात राई मिस्टर ट्यालेन्ट र मोस्ट पर्फेक्ट, अमृत खरेल बेस्ट स्माईल, सन्देश वलामी बेस्ट हेयर, प्रनिश श्रेष्ठ मोष्ट फोटोजेनिक, पुजन सिवाकोटी बेस्ट स्पिच, अमन केसी मष्ट फिटनेस, विपेश श्रेष्ठ मष्ट फ्रेन्डली, सविन लामा मष्ट चार्मिङ, रवि घिमिरे मष्ट डिर्जभिङ, त्रिशक्ती शाहनी मोष्ट पोजिटिभ एटिच्युड र अभिषेक बर्देवा बेष्ट आर्टवर्क छानिए ।
राजु शाह, दीपिका रिमाल थापा, विष्णु रिजाल, सबिता लामिछाने, रुपेश श्रेष्ठ, सुमिना श्रेष्ठ र सरोज प्याकुरेल निर्णायक रहेको प्रतियोगिताको युवतीतर्पmको स्पर्धामा सोनु रावत फष्ट रनर्सअप र बेष्ट सिंगर, सृष्टि शाह सेकेन्ड रनर्सअपका साथमा सोसियल्ली रेस्पोन्सीबल र मष्ट पपुलर, प्रिति न्यौपाने थर्ड रनर्सअप र मष्ट फोटोजेनिक तथा जङ्मु शेर्पा फोर्थ रनर्स अप र बेष्ट हेयर भए ।
सांगीतिक प्रस्तुतिका साथ आयोजित प्रतियोगितामा स्मिता शाह मिस क्याटवाक, सिभिका कार्की मिस ब्युटी विथ पर्पस, सलिना बस्नेत भ्युअर्स च्वाइस, अनुसा अधिकारी फेसबुक च्वाइस, बेष्ट स्कीन र फेसन आईकन अवार्ड, बर्षा उप्रेती मिस ट्यालेन्ट र बेष्ट पर्सनालिटी, सुरक्षा थापा बेष्ट स्माईल, बुनु खत्री बेष्ट डिसीप्लेन, रञ्जु श्रेष्ठ बेष्ट फिजीक र बेष्ट डान्सर सुस्मिता गिरी मोष्ट फिटनेस, आङ काङछी घले मष्ट फ्रेन्डली, सोनिका खड्का मिस कन्जीनियालिटी, निकुञ्ज मोक्तान मष्ट चार्मिङ, आस्मा महर्जन मष्ट एक्टीभ, सबी महर्जन मष्ट पर्फेक्ट, ज्योती घिमीरे मष्ट डिजर्भिङ, मुस्कान नेवाः सोसियल वेलफेयर एमबेस्डर, अनुपा बजु मष्ट पोजिटीभ एटीच्युड, दर्शना अधिकारी युथ विथ रेस्पोन्सिवीलिटि र केनु श्रेष्ठ बेष्ट आर्टवर्क उपउपाधिका विजेता भए ।

Comments