‘पाथीभरा सिंगिङ आईडल’ मा उत्कृष्ट १० छानिए
screennepal
प्रकाशित: २०७३, २५ जेष्ठ मंगलवार
no img

धरान । ‘पाथीभरा सिंगिङ आईडल–२०७३’ का लागि उत्कृष्ट १० छनोट गरिएको छ । पाथीभरा डिजिटल रेकर्डिङ स्टूडियो इटहरीको आयोजनामा भैरहेको यस गायन रियालिटी शोका लागि तीन सयभन्दा बढीले प्रतिस्पर्धामा गरेका थिए, जसमध्ये दश जना छनोट भएका हुन् ।

topten idal
टपटेनमा प्रेम आङ्दाम्बे, भक्त विश्वास, पुष्पराज बस्याल, सगुन आङ्देम्बे, अनिषा मैनाली, शुभश्रीया दवाडी, अमिता खड्का, रजिना श्रेष्ठ, परशु सुनुवार र अपेक्षा राई पर्न सफल भएका छन् । गायक बालकृष्ण कार्की, एपी शेर्पा र आयोजकको तर्फबाट बरिष्ठ गायक, संगीतकार बलराम समाल निर्णायक मण्डल रहेको ‘पाथीभरा सिंगिङ आईडल’ को अन्तिम प्रतिस्पर्धा यही जेष्ठ २९ गते शनिबार हुनेछ । प्रतियोगितमा प्रथम हुनेलाई ५० हजार, एउटा गीत रेकर्डिङ र सोही गीतको म्युजिक भिडियो निर्माण, दोश्रो हुनेलाई २५ हजार र एउटा गीत रेकर्डिङ र तेश्रो हुनेलाई १५ हजार र एउटा गीत रेकर्डिङ गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।
२९ गते हुने फाईनल प्रतिस्पर्धामा सहभागी हुन गायिका कुन्ति मुक्तान र तारा थापा कार्यक्रम स्थल पुग्नेछन् भने दार्जलिङ र धरानका वाद्यवादन टोलीले प्रत्यक्ष प्रस्तुति दिनेछ । जनाइएको छ ।

Comments