७८ जनालाई उछिन्दै बर्षा भइन् ‘लिटिल आइडल’
screennepal
प्रकाशित: २०७३, २४ जेष्ठ सोमबार
no img

काठमाडौं । ‘मिस लिटिल आइडल–२०१६’ को उपाधि वर्षा पोख्रेलले जितेका छन् । काठमाडौंको शंखमुलस्थित केएमसी स्कुलमा कक्षा ६ मा अध्ययरत १० वर्षीया वर्षाले शीर्ष उपाधिसँगै एकवर्षको छात्रवृत्ति र युनाइटेड नेपाल पब्लिकेसन प्रालिको तर्फबाट ३० हजार रुपैयाँ पुरस्कार हात पारेकी छन् ।

Little Idol 2016_1708
प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा भएको प्रतियोगीतामा केएमसी स्कुलमै कक्षा आठमा अध्ययनरत १३ वर्षिय शुभेक्षा बैद्य र कपनस्थित जुगल इङलिस स्कुलमा कक्षा आठमा अध्ययनरत १३ वर्षिया स्वतिका भट्टराई क्रमश फस्ट र सेकेन्ड रनरअप हुन सफल भए । प्याब्सन काठमाडौंको तर्फबाट शुभेक्षाले २० हजार र स्वस्तिकाले १० हजार रुपैया पुरस्कारसहित एकएकवर्षको छात्रवृति समेत पाएका छन् । उपत्यकाका विभिन्न विद्यालयमा अध्ययनरत ७९ छात्रा अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए ।

Little Idol 2016_1798
सहभागीमध्ये मानुसी गिरी र जस्मिन गिरी मिस ट्यालेन्ट, शिक्षा तुलाधर मिस डिस्सिप्लिन, रोसा मारिया लामा मिस पर्सनालिटी, शुभेक्षा बैद्य मिस फोटोजेनिक, स्तुती राई मिस फ्रेन्डसिप, आस्था महर्जन मिस बेस्ट हेयर, सन्ध्या राई मिस बेस्ट स्माइल, निर्भिका केसी मिस पंचुअल, रिया श्रेष्ठ मिस कन्फिडेन्स र आयुसा तामाङ मिस लिडरसिप घोसित भए ।

Little Idol 2016_1633
प्रतियोगीताको शिर्ष उपाधि विजेता, फस्ट र सकेन्ड रनरअपलाई प्याब्सनको संयोजनमा सम्बन्धित विद्यालयमार्फत मासिक शुल्कमा एकवर्षको छात्रवृति र अन्य उपाधि विजेतालाई एक वर्षको ५० प्रतिसत छात्रवृति प्रदान गरिने प्याब्सन काठमाडौंका अध्यक्ष थकिनकुमार गुरुङले बताए । ‘प्रतियोगीहरुको प्रतिभा र प्रस्तुती हामीले सोचेभन्दा धेरै राम्रो भयो’, अध्यक्ष गुरुङले भने, ‘गुणस्तरीय अध्ययतसहित विद्यार्थीमा निहित अरिरित्त प्रतिभा प्रस्फुटन गर्न यस प्रकारको प्रतियोगीता सार्थक हुने भएकाले प्याब्सन काठमाडौंले प्रतियोगीता आयोजनामा सहकार्य गरेको हो ।’
सुचना तथा सञ्चारमन्त्रि शेरधन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतियोगीको प्रस्तुती र प्रतिभालाई पूर्वमिस नेपाल इभाना मानन्धर, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, पूर्वमिस मंगोल एनिस्ता गुरुङ, अभिनेता गजित विस्ट, शिक्षासेवी रेनु वाजा लामा, जब्स नेपालकी प्रबन्ध निर्देशक मनिका राई र संगीतकार एवं प्राज्ञ शान्तिराम राईले मुल्यांकन गरेका थिए । कार्यक्रममा मेनुका राई, मिनबहादुर तामाङ र प्रतिष्ना केसीको गीत एवं निशा पोमु, जोफेन लामा, निभा थापालगायतको नृत्यले कार्यक्रममा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।

Comments