दृष्टिविहीनलाई गायक दीपकको सहयोग
screennepal
प्रकाशित: २०७३, २२ जेष्ठ शनिबार
no img

काठमाडौं । गायक दीपक लिम्बूले पाँचथरको एक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि विभिन्न सामग्री उपलब्ध गराएका छन् ।
प्रथम ‘नेपाली तारा’समेत रहेका गायक दीपकले हालै युकेमा आयोजित आफ्नो एकल च्यारिटी शो ‘नेपाली तारा साँझ–२०१६’ बाट संकलित रकममध्ये एक लाख रुपैयाँ बराबरको सामग्री पाँचथरको फिदिमस्थित गढि माई माध्यमिक विद्यालयलाई प्रदान गरेका हुन्, जहाँ १७ जना दृष्टिविहीन अध्ययनरत छन् ।

dipak limbu (1)
विद्यालयले दृष्टिविहीनका लागि एक दशक यता विशेष कक्षा सञ्चालन गर्दै आएको छ । उनीहरुका लागि छात्राबासको समेत व्यवस्था गरिएको छ । सो छात्राबासकै लागि कम्बल, दराज, डस्नालगायत आवश्यकीय सामग्री प्रदान गरेको गायक दीपकले बताए । दीपक स्वयंम विद्यालय पुगेर सामग्री हस्तान्तरण गरेका हुन् । दृष्टिविहीन विद्यार्थीलाई आफ्नै हातबाट सहयोग गर्न पाउँदा गर्व र खुसी लागेका दीपक बताए । ‘म गायनसँगै समाजसेवामा पनि रुचि छ’ उनले भने, ‘जसका लागि युकेमा मैले च्यारिटी गरेको थिएँ, त्यो सहयोग आफ्नै हातबाट प्रदान गर्न पाँउदा अत्यन्त खुसी छु ।’

dipak limbu (2)
विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीकै लागि नेपालीज् आर्ट एण्ड कल्चर सेन्टर बेलायतले दीपक लिम्बूको एकल शो ‘नेपाली तारा साँझ–२०१६’ आयोजना गरेको थियो । त्यसैले पनि आफै त्यहाँ पुगेर सामग्री हस्तान्तरण गरेको दीपकले बताए । किराँत याक्थुङ चुम्लुङ बेलायतका पूर्वअध्यक्ष डम्बर सिंगकको संयोजत्वमा आयेजित सो कार्यक्रमका लागि सहारा युकेले समेत सहयोग गरेको गरेको थियो ।
सहारा युकेले केही वर्षयता नेपालमा विभिन्न समाजसेवाको काम गर्दै आएको छ । दृष्टिविहीनका लागि सहयोगार्थ कार्यक्रम ‘नेपाली तारा साँझ’ लाई सफल पार्न बेलायतमा बस्दै आएका गणेश इजम, सकुन्तला नेम्बाङलगायतका समाजसेवीले सक्रिय भूमिमा निर्वाह गरेका थिए ।
स्थानीय संघसंस्था, समाजसेवी र विभिन्न व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको सो दृष्टिविहीन छात्राबासका लागि अहिलेसम्म राज्यबाट कुनै सहयोग नपाएको विद्यालयका सञ्चालक समितिका अध्यक्ष हुमा खनालले बताए । उनले भने, ‘हामीले स्थानीय संघसंस्था र व्यक्तिहरुकै सहयोगमा दृष्टिविहीन कक्षा र छात्राबास सञ्चालन गर्दै आएका छौं ।’ गायक दीपक लिम्बूले एकल कार्यक्रम गरेर विद्यालयलाई सहयोग प्रदान गरेकामा उनले खुसी व्यक्त गरे ।

Comments