संगीतकार अम्बरको स्वास्थ्य अवस्था ‘गम्भीर’ !
screennepal
प्रकाशित: २०७३, २१ जेष्ठ शुक्रबार
no img

काठमाडौं । बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था गम्भीर भएको छ । गुरुङलाई पेट तथा अन्न नलीमा रक्तश्राव भएको छ । राष्ट्रिय गीतको संगीतकार समेत रहेका गुरुङलाई उच्च रक्तचाप, मधुमेह र पार्किन्सोनिजमको समस्या रहेको छ । गुरुङको उपचारमा खटिएका चिकित्सकका अनुसार उनी बोल्न नसक्ने अवस्थामा पुगेका छन् ।

ambar gurung

file photo

संगीतका गुरुङलाई उपचारका लागि सोमबार नै धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचार क्रिटिकल केयर मेडिसिन विभाग प्रमुख डा. अर्जुन कार्की नेतृत्वको टोलीले गर्दै जनाइएको छ । साथै कार्कीसँगै ग्याष्ट्रोका डाक्टर विवेक शर्मा र न्यूरोका डाक्टर राजु पौडेललगायत संगीतकार गुरुङको उपचारमा खटिएका छन् । संगीतकार गुरुङको केही समयअघि मात्र भारतमा उपचार गरिएको थियो । त्यसपछि आफ्नो निवासमै आराम गर्दै आएका गुरुङको स्वास्थ्य अवस्था अहिले ‘चिन्ताजनक’ रहेको उपचारमा संलग्न चिकित्साले जनाएको छ ।

Comments