आयो रीनाको ‘जवानीको तिर्खा’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, २१ जेष्ठ शुक्रबार
no img

rina 1

काठमाडौं । चर्चित लोकगायिका हुन् रीना बम । यिनै गायिकालाई हिजोआज जवानीको तिर्खा लागेको छ । दर्जनौ लोकप्रिय लोकगीतकी गायिका रीनाले आफ्नो पछिल्लो गीतमार्फत जवानीको तिर्खा लागेको व्यक्त गरेकी छन् । रीनाको ‘जवानीको तिर्खा…’ बोलको यो गीतलाई भिडियोमा सार्वजनिक गरिएको छ । यस गीतमा रीमालाइै स्वरमा जीवन परियारले साथ दिएका छन् । यस गीतको भिडियोलाई हालैमात्र शिव दर्शन फिल्मस्ले सार्वजनिक गरेको हो ।
रीनाकै शब्दरचना रहेको यस गीतमा बिबी अनुरागीले संगीत गरेका छन् । विक्रम चौहानको निर्देशन रहेको यो भिडियोमा रोजी श्रेष्ठ र देव सरगम केसीको अभिनय रहेको छ । गायिका गायत्री थापा कार्यकारी निर्माता रहेको यस भिडियोमा रामेश्वर हुमागाइँको छायांकन र प्रविन रामेश्वरको सम्पादन रहेको छ । यस गीतको भिडियोलाई यु–ट्युबमा निकै रुचाइको छ । भिडियो रिलिज गरेपछि गायिका रीनाले भनिन्, ‘यो मेरो पछिल्लो गीत हो । यसबाट दर्शक तथा श्रोताको माया र हौसला पाउँने अपेक्षा गरेकी छु ।’

Comments