मोडल बनिन् सुमी ‘बोले नि नबोले नि…’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, १९ जेष्ठ बुधबार
no img

sumi rai

काठमाडौं । गायकहरु ‘हिरो’ बन्ने लहर अब पुरानै भइसक्यो । एकपटक गायकहरु धमाधम फिल्ममा हिरो भए । तर, उनीहरु गायनमा जस्तो अभिनयमा सफल हुन सकेनन् । अहिले चाहिँ गायिकाहरु मोडल बन्न थालेका छन् । बलिउड र बलिउडका अधिकांश गायिका आफ्नो भिडियोमा आफै मोडल भएको पाइन्छ । यो लहर हिजोआज नेपाली गायिकामा देखिएको छ । यस्तै, पछिल्लो समय गायिका सुमी चाम्लिङ राई पनि मोडलका रुपमा देखिएकी छन् । उनी आफ्नै ‘बोले नि नबोले नि’ गीतको भिडियोमा मोडलका रुपमा देखिएकी हुन् ।
गायिका सुमीको पछिल्लो गीत म्युजिक भिडियो ‘बोले नि नबोले नि’ को म्युजिक भिडियोमा यु–ट्युबमार्फत सार्वजनिक गरिएको छ, जसमा सुमी आफैले मोडलिङ गरेकी छन् । भिडियोमा सुमीसँग सुदितले रोमान्स गरेका छन् । कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको यस भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चाम्लिङ इन्टरटेनमेन्टको व्यवस्थापनमा आएको यस गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन भरत रेग्मीले गरेका हुन् ।

Comments