दरौदीमा यसरी तैरियो हनुमाने–मंगली प्रेम (भिडियो)
screennepal
प्रकाशित: २०७३, १७ जेष्ठ सोमबार
no img

buddhi

काठमाडौं । लोकप्रिय हाँस्य टेलिचलचित्र ‘मेरी बास्सै’ का हनुमाने अर्थात् बुद्धि तामाङले दरौदीमा -याफ्टिङमा मंगलीसँग रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा हनुमानेले मंगली अर्थात् रजनी गुरुङलाई राफ्टिङ चढेर भगाउँछन् । गायक विकास उप्रेतीको ‘¥याफ्टिङ चढेर…’ बोलको गीतमा हनुमाने र मंगलीको प्रेमलाई भिडियोमा छताछुल्ल गर्ने काम फोटो पत्रकार तथा निर्देशक नबिनबाबु गुरुङले गरेका हुन् ।
भिडियोमा गाउँले परिवेशको प्रेमभाव दर्साएको छ । म्युजिक भिडियोमा गाउँकै केटीलाई मनपराउने हनुमानेले मन परेको केटी मंगलीलाई आफ्नो मायाजालमा पारेर -याफ्टिङ चढाएर भगाएका छन् ।
किरण भण्डारीको शब्द तथा संगीत रहेको यस गीतको भिडियोमा कमेडीसँगै एक स्वच्छ प्रेमको उदाहरण चित्रण गरिएको छ । फोटो र भिडियोमा क्रियटिभ देखिएका पत्रकार नबिनबाबुको निर्देशन तथा छायांकनमा रहेको यस भिडियोलाइ जीवन थापाले सम्पादन गरेका हुन् । बुद्धि तामाङ मुलधारको चलचित्र र नाटकका चर्चित कलाकार हुन् भने रजनीले थुप्रै गुरुङ भाषा चलचित्रमा अभिनय गरेकी छन् । यी जोडी ‘मेरी बास्सै’ मा पनि राम्रै जमेका छन् ।

Comments