शकुन ल्याउँदै ‘मुटुको टुक्रा…’ (यो पिरतीमा… भिडियो)
screennepal
प्रकाशित: २०७३, १६ जेष्ठ आईतवार
no img

काठमाडौं । गायिका शकुन लिम्बू चाँडै नयाँ भिडियोका साथ श्रोता तथा दर्शकमाझ आउँदैछिन् । शकुनले आफ्नो एल्बम ‘स्नेह’ मा समावेश ‘मुटुको टुक्रालाई…’ बोलको गीतलाई भिडियोमा ल्याउँन लागेकी हुन् । उक्त गीतको म्युजिक भिडियो शुट भइसकेको बताउँँदै उनले चाँडै श्रोता तथा दर्शकमाझ ल्याउँने बताएकी छन् ।

shakun limbu, screennepal `11
शकुनले केही समयअघि मात्र संगीतकार ताराप्रकाश लिम्बूको सोलो संगीतमा एल्बम ‘स्नेह’ ल्याएकी हुन् । एल्बम ‘स्नेह’ मा यो पिरतीमा, मुटु टुक्रालाई, हुने हो होइन, त्यो दील, थाहा छैन र कसरी तिम्रो बोलका गीत छन् ।
‘स्नेह’ को ६ गतीमध्ये ‘यो पिरतीमा…’ गीतको भिडियो यसअघि नै रिलिज भइसकेका छ, जसलाई श्रोता तथा दर्शकले निकै रुचाएका पनि छन् । दीपेन्द्र केसीले निर्देशन गरेको सो भिडियोमा अभिनेत्री केकी अधिकारी र पुष्पले मोडलिङ गरेका छन् ।
यस्तै, शकुनको ‘मुटुको टुक्रालाई…’ को भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका छन् । बिआर मित्रको शब्दरचना रहेको यस गीतको भिडियोमा कोसिश क्षेत्री र बेनिशा हमाललाई देख्न सकिनेछ । गायनमा आफ्नो बेग्लै पहिचान बनाउने अभिलाषाका साथ मिहिनेत गर्दै आएकी शकुनलाई वास्तवमै एल्बम ‘स्नेह’मार्फत दर्शक र श्रोताको पनि स्नेह पाइरहेका छन् । आफ्नो पछिल्लो गीतको भिडियो रिलिज गरेपछि थप माया र होसला बटुल्ने उनको विश्वास छ ।

Comments