‘बागमती लिटिल स्टार’ प्रतियोगीले देखाए प्रतिभा (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, १५ जेष्ठ शनिबार
no img

Bagmati Little star 2016, screennepal (2)

काठमाडौं । ‘बागमती लिटिल स्टार–२०१६’ का प्रतियोगीहरुले शनिबार (आज) आ–आफ्नो प्रतिभा कौशल देखाए । प्रतियोगितामा ६ देखि १२ वर्ष उमेरका १५ जना बालबालिका अन्तिम स्पर्धाका लागि स्पर्धा गर्दैछन् । उनीहरुले ‘ट्यालेन्ट राउण्ड’ अन्र्तगत प्रतिभा देखाएका हुन् । अधिकांश प्रतियोगी बालबालिकाले नृत्य गरेका थिए भने केहीले वक्तृत्वकला तथा गीत प्रस्तुत गरेका थिए ।

Bagmati Little star 2016, screennepal (1)
बालबालिका केन्द्रीत सौन्दर्य यस प्रतियोगिताको ‘ट्यालेन्ट राउण्ड’ का लागि नृत्य निर्देशक राजेन्द्र कमल राई, सिने पत्रकार आरडी शृँखला र गायिका सुजाता केसी निर्णायक रहेका थिए । ‘ट्यालेन्ट राउण्ड’को नतिजा अन्तिम फाइनलका दिन घोषणा गरिनेछ ।
प्रतियोगिताको यो दोस्रो संस्करण हो । द श्रीराज इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगितामा प्रतियोगीहरुलाई कोरियोग्राफर विपना थापाले विभिन्न व्यक्तित्व विकासबारे प्रशिक्षण दिँदै आएका छन् । कार्यक्रम निर्देशक तथा फोटो पत्रकार सुनिल राजभण्डारीका अनुसार प्रतियोगिताको अन्तिम फाइनल रामशाहपथस्थित योगेम्बर ब्याङ्क्वेटमा २२ जेठमा हुनेछ ।

Bagmati Little star 2016, screennepal (5) Bagmati Little star 2016, screennepal (4) Bagmati Little star 2016, screennepal (3)

Comments