काठमाडौं । बिबिए अध्ययनरत युवतीबीच पहिलोपटक आयोजित सौन्दर्य प्रतियोगितामा प्रगति श्रेष्ठले शीर्ष उपाधि चुमेकी छन् । ‘मिस बिबिए–२०१६’ नाम दिइएको प्रतियोगितामा १६ जना प्रतियोगी थिए, जसमा प्रगतिले उपाधि जितेकी हुन् ।
प्रतियोगितामा फस्ट रनरअप आश्ना श्रेष्ठ र सेकण्ड रनरअप बिनीनिरी महर्जन भए । अन्य सब टाइटलहरुमा क्रमश ‘मिस बेस्टस्माइल’ प्रगति श्रेष्ठ, ‘मिस पर्सनालिटी’ आश्ना श्रेष्ठ, ‘मिस इन्टिलिजेन्ट’ र ‘मिस रकिङ केटी बिनीनिरि महर्जन, ‘मिस बेस्ट ड्रेस कर्पोरेट’ समिक्षा मल्ल, ‘मिस फ्रेन्डली’ र ‘मिस पपुलर’ खिमा बुढा, ‘मिस क्याटवाक’ आस्था श्रेष्ठ, ‘मिस फोटोजेनिक’ प्रतिक्षा शर्मा, ‘मिस पब्लिक च्वाइस’ अप्सरा मैनालीले जित्न सफल भएका छन् ।
कार्यक्रमको प्रमुख आकर्षण रेम्प फेशन रह्यो, जसमा डिजाइनर सन्तोषी श्रेष्ठको आकर्षक डिजाइनमा मोडेलहरु शेरवानी सुट र साडीमा प्रस्तुत भए । बज इभेन्टस आयोजक रहेको उक्त सौन्दर्य प्रतियोगतामा अफिसियल कोरियोग्राफरको भूमिका जयन सुब्बा मानन्धरले निभाएकी थिइन् । प्रमुख निर्णायक फिल्म निमात्री एव फेशन डिजाइनर पुनम क्षेत्री गौतम र अन्य निर्णायकहरु नायक बिनय श्रेष्ठ, इभेन्ट अर्गनाइजर बिशाल गुरुङ, पूर्वमिस नेपाल उषा खड्गी, मोडल एवं नायक दिक्पाल कार्की, युवा उद्यमी मोहन थापा र निलिमा राउत थिए । अफिसियल डिजाइनर आश्मा शर्मा रहेको ‘मिस बिबिए’ कार्यक्रमको प्रस्तुत कला सुब्बाले गरेकी थिइन् ।