काठमाडौं । नियमित नाटक मञ्चन गर्दैै आइरहेको सर्वनाम थिएटरले मंगलबारदेखि चित्रकला प्रदर्शनीको नियमित कार्यक्रम कलायानको सुरुवात गरेको छ ।
सर्वनाम नाटकघरमै रहेको सर्वनाम आर्ट ग्यालरीलाई ब्यवस्थापन गर्दै नियमित कला प्रर्दशनिको कार्यक्रम कलालयको उद्घाटन केदार भक्त माथेमाले गरे । कार्यक्रममा बोल्दै सर्वनामका निर्देशक अशेष मल्लले कलाका सबै विधाहरुलाई समेको एउटा भवन बनाउने आफ्नो सपना पुरा भएपनि नियमित रुपमा नाटक, कविता, संगीत, नृत्यजस्ता कार्यक्रम गरेपनि सवै समक्ष कला पु¥याउन यो कार्यक्रमको थालनी गरेको बताए । कलायानको पहिलो श्रृखला अन्र्तगत पहिलोपकट एरिना ताम्राकार, नरेन्द्रबहादुर श्रेष्ठ, प्रमिला बज्राचार्य, रमेश खनालनका गरि संयुक्त रुपमा झण्डै डेढ दर्जन पेन्टिङ प्रदर्शनीमा राखिएका छन् ।
त्यस्तै, कार्यक्रममा बोल्दै प्रमुख अतिथी केदार भक्त माथेमाले सरकारी तवरबाट हुनुपर्ने काम निजी स्तरबाट भएको र यस्ता कलाप्रेमीहरुकै कारणले कला जोगीएको भन्दै अशेष मल्लको प्रशंसा गरे । बरिष्ठ कलाकार र सर्जकहरुको बँक्लो उपस्थिती रहेको कार्यक्रम अन्य चित्रकला भन्दा भिन्दै हिसाबले उद्घाट्न गरिएको थियो । कार्यक्रममा बावु त्रिपाठीले दुई वटा कविता समेत सुनाएका थिए । कार्यक्रममा अशेष मल्ल, यादव खरेल, राजेन्द्र शलभलगायतको उपस्थिति रहेको कार्यक्रम प्राडा. सावित्री मल्ल कक्षपतिले चलाएकी थिइन । प्रदर्शनी भाद्र ११ गतेसम्म नियमित रुपमा चल्नेछ ।