मोडल हन्टको दोस्रो सिजनका लागि आवेदन खुला
screennepal
प्रकाशित: २०७३, १२ जेष्ठ बुधबार
no img

काठमाडौं । ‘मोडल हन्ट नेपाल’ को दोस्रो सिजनका आवेदन खुला गरिएको छ । आयोजक नेक्स्ट मोडल्सले आवेदन खुल्ला भएको जानकारी दिएको हो । भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित यो सौन्दर्य प्रतियोगिता गत बर्षबाट नेपालमा सुरु भएको हो ।

DSC_0606
प्रतियोगीताको पहिलो अडिसन २९ जेठबाट राजधानीमा हुने बताइएको छ । त्यसपछि पोखरा, नारायघाट, बुटवल, धरान, बिर्तामोड हुँदै पुनः राजधानीमै आएर सकिने आयोजकले जनाएको छ ।
युवायुवतीको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रियस्तरको मोडल बन्न कार्यक्रमले सहयोग पु¥याउनेले धमलाको दाबी थियो ।
१६ देखि २८ वर्ष ननाघेका फ्रेस फेसका युवा–युवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । पहिलो चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागि एकमहिने प्रशिक्षण दिइनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले र्याम्प , व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज पर्पmमेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरूद्धारा प्रशिक्षण दिइने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

Comments