१५ वर्षपछि एकल साँझमा उत्रिए भीम तुलाधर
screennepal
प्रकाशित: २०७३, ११ जेष्ठ मंगलवार
no img

काठमाडौं । पचासको दशकका चर्चित पप गायक भीम तुलाधर लामो समयपछि ‘एकल गायन’ मा उत्रिए । करिब १५ बर्षको अन्तरालपश्चात उनी काठमाडौको महाराजगञ्जस्थित रोयल क्याफेमा शनिबार एकल गायनमा उत्रिएका हुन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णत्रबहादुर खड्काको आतिथ्यमा आयोजित कार्यक्रममा गायक तुलाधरले आफ्ना पुराना चर्चित गीतका अलावा नयाँ गीत गाएर श्रोता तथा दर्शकलाई मनोरञ्जन दिएका थिए । कालो चश्मामा सजिएर पुरानै जोशमा देखिएका तुलाधर पुरानै जोशमा देखिए ।

bhim
कार्यक्रममा आयोजक रिभेल इभेन्टले विभिन्न कलाकारलाई उनीहरुको योगदानको कदर गर्दै सम्मान गरेको छ । बबिन प्रधान, भीम तुलाधर, देव राना, ज्योति घिमिरे, राजु हमाल, विजय गुरुङ, सञ्जय श्रेष्ठ, हरिशरण लामिछाने, तिलकबम मल्ल, शिवहरि नेपाल, देवीराम पराजुली र रामेश्वर श्रेष्ठलाई सम्मान गरिएको हो । आयोजक संस्था रिभेल इभेन्टका अध्यक्ष तथा सीइओ गायक राजेश हमालले रिभेलको गौरवमय परम्पराअनुरुप गायक तुलाधर एकल साँझ गरिएको बताए ।

Comments