‘क्यापिटल क्वीन नेपाल’ उपाधि लिलालाई
screennepal
प्रकाशित: २०७३, ११ जेष्ठ मंगलवार
no img

काठमाडौं । ‘क्यापिटल क्वीन नेपाल–२०१६’ को ताज खोटाङकी लिला राईले पहिरिएकी छन् । एमाजोन इन्टरटेन्मेन्टद्वारा आयोजित प्रतियोगितामा आफ्ना १२ स्पर्धीलाई पछि पार्दै लिलाले उपाधि चुम्न सफल भएकी हुन् ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघर मा सम्पन्न कार्यक्रममा फस्ट रनरअप सिर्जजा चापागाईँ र सेकेन्ड रनरअप सरिता थापा मगर भए । त्यस्तै, थर्ड रनरअप र फोर्थ रनरअप क्रमशः दीपा मंग्राती मनिशा राई भए । उनीहरुले ट्रफीका अलावा विभिन्न गिफ्टह्याम्पर पाए ।

Capital Queen nepal 2016
कार्यक्रममा बेस्ट ट्यालेन्ट एलिशा, बेस्ट फोटोजेनिक बर्षा राई, बेस्ट क्याटवाक मनिशा राई, बेस्ट पर्शनालिटि एलिना तामाङ, बेस्ट हेयर समिक्षा सिंह, बेस्ट स्कीन लेञ्जु श्रेष्ठ, बेस्ट ड्रेस दीपा मंग्राती, मोस्ट स्मार्ट सरिता थापा मगर, मोस्ट एक्टिभ जानकी कार्की, ब्यूटिफुल सिर्जना चापागाई र मोस्ट कन्फिडेन्टको सबटाइटल उपाधि मञ्जु रेग्मीले पाए ।
प्रतियोगितामा कोरियोग्राफर कला सुब्बा, अभिनेता गजित विष्ट, व्युटिसियन नेपाल गौरा राई क्षेत्री, अभिनेत्री क्षितिजा शाक्य र डा. निर्भाना थापा निर्णायक थिए । कार्यक्रममा गायिका तायाहाङमा राईले ‘हरेक दिन’ र ‘कोही छ’ बोलको गीत प्रस्तुत गरेकी थिइन् ।

Comments