Exclusive : मेरो फ्यान धेरै किसिमका छन् : दीपक लिम्बू
screennepal
प्रकाशित: २०७३, १० जेष्ठ सोमबार
no img

‘नारायण गोपाल युवा संगीत पुरस्कार’द्वारा पुरस्कृत हुन पाउँदा गर्व लागेको दीपकले सुनाए । ‘नेपाली संगीत क्षेत्रको श्रदेय व्यक्तित्व नारायण गोपालको नामको पुरस्कार पाउँदा अत्यन्तै हर्षित छु’, उनले भने, ‘यो पुरस्कार पाउँन मेरो लागि एकदमै ठूलो कुरा हो । यससँगै ममा संगीतप्रति थप जिम्मेवार र प्रेरणा जागृत भएको छ ।’ 

– एमपी सुब्बा

काठमाडौं । चर्चित पाश्र्वगायक दीपक लिम्बूले आफ्ना फ्यान तथा शुभचिन्तकका लागि नयाँ खुलासा गरेका छन् । प्रथम ‘नेपाली तारा’समेत रहेका श्रोताका यि लोकप्रिय गायकले एक प्रशंगमा भने, ‘यदि निर्माता÷निर्देशकको प्रस्ताव स्वीकारको भए अहिलेसम्म म पाँच चलचित्रको हिरो भइसक्थेँ ।’ गायकहरुमा ‘हिरो’ बन्ने मोह चलिरहेका बेला दीपकले यस्तो बताएका हुन् । ‘मलाई हिरो बन्नु छैन’ हालैमात्र नारायण गोपाल युवा संगीत पुरस्कारबाट पुरस्कृत दीपकले भने, ‘आफूलाई गायककै रुपमा उभ्याउँन चाहन्छु ।’

dipak 1
‘नारायण गोपाल युवा संगीत पुरस्कार’द्वारा पुरस्कृत हुन पाउँदा गर्व लागेको दीपकले सुनाए । ‘नेपाली संगीत क्षेत्रको श्रदेय व्यक्तित्व नारायण गोपालको नामको पुरस्कार पाउँदा अत्यन्तै हर्षित छु’, उनले भने, ‘यो पुरस्कार पाउँन मेरो लागि एकदमै ठूलो कुरा हो । यससँगै ममा संगीतप्रति थप जिम्मेवार र प्रेरणा जागृत भएको छ ।’
चलचित्र अभिनयमा रुचि नभएको बताएपनि उनी केही समययता म्युजिक भिडियोमा भने देखिँदै आएका छन्, जसलाई उनी ‘समयको माग’ भन्न रुचाउँछन् । सांगीतिक करिअर र भावी सांगीतिक योजनाबारे कुराकानीमा दीपकले भने, ‘संगीत सुन्नेमात्र नभई पछिल्लो समय हेर्ने जमानातिर ढल्केकाले आफ्नो गीतमा मोडलिङ गरेको हुँ । यसलाई म समयको माग भन्नु रुचाउँछु ।’

dipak

‘नारायण गोपाल युवा संगीत पुरस्कार’ ग्रहण गर्दै ।

पहिलोपटक आफ्नो चर्चित गीत ‘मैले माया गर्न जानिनँ होला…’ गीतको भिडियोमा अभिनय गरेका दीपक पछिल्लो समय ‘म रंग होली’ गीतमा मोडल सिर्जना राईसँग देखिएका छन् । यो गीत उनको तयारी भइरहेको पाँचौं एल्बम ‘रंग होली’ मा समावेश छ । जुन एल्बम भदौसम्ममा रिलिज गर्ने उनले बताए । ‘रंग होली’ मा गायक उत्तमजंग लिम्बूको एकल तथा शब्दसंगीत रहने दीपकले सुनाए ।
सन् २००५ मा गायन रियालिटी शो ‘नेपाली तारा’को शीर्ष उपाधि जितेपछि यस क्षेत्रमा एकाएक चम्किएका दीपक पछिल्लो समय देश–विदेशमा हुने कार्यक्रममै बढी व्यस्त छन् । हालैमात्र बेलायतको विभिन्न सहरमा १७ वटा एकल शो प्रस्तुती दिएर फर्किए दीपकले भने, ‘यो मेरो दोस्रो बेलायतको सांगीतिक यात्रा थियो । यसपटक पनि एकदमै माया र हौसला पाएँ ।’ ‘नेपाली तारा’ भएसँगै पहिलोपटक हङकङबाट विदेश सांगीतिक यात्रा प्रारम्भ गरेका उनले अहिलेसम्म नेपाली पुगेका अधिकांश विश्वका मुलुकहरुमा आफ्नो प्रस्तुति पस्किसकेका छन् । विदेशमा सांगीतिक प्रस्तुती दिनलाई उनी बाध्यता ठान्छन् । उनी भन्छन्, ‘यहाँ मात्र गाएर हुँदैन, त्यसैले पनि विदेशमा हुने कार्यक्रममा जानु एउटा गायकका लागि बाध्यता छ ।’
‘नेपाली तारा’ भएसँगै गीति एल्बम ‘नेपाली तारा दीपक लिम्बू’मार्फत औपचारिक गायन क्षेत्रमा उदाएका दीपकले त्यसपछि ‘श्रोता’, ‘श्रव्य’ र ‘गन्तव्य–२’ जस्ता चार एकल एल्बम ल्याए । तर, त्यसपछि उनी एल्बमभन्दा पनि पाश्र्वगायनमा व्यस्त हुन थाले । चलचित्र ‘हिम्मत’ को ‘त्यही भएर मन पराको’ गीत सुपरहिट भएसँगै पाश्र्वगायनमा ताराझैँ चम्किएका दीपकले त्यो आफ्नो सफलतालाई टिकाइरहेका छन् ।
सुमधुर स्वरमा तारा दीपक जति मिठो गीत गाउँछन्, त्यति नै ह्याड्सम पनि छन् । त्यसैले उनका युवती फ्यान बढी छन् । यो कुरा उनी पनि स्वीकार्छन् । ‘फ्यान धेरै किसिमका हुन्छन्’ उनले भने, ‘मेरा फ्यान युवा–युवती बराबरा छन्जस्तो लाग्छ । तर, अरुको नजरमा मेरो फ्यान युवती बढी छन् रे ।’ हाल विभिन्न सांगीतिक कार्यक्रम तथा पाश्र्वगायनसँगै आफ्नो पाँचौ एल्बम ‘रंग होली’ को तयारी गरिरहेका यिनै नेपाली सांगीतिक क्षेत्रका चम्किला तारा दीपक लिम्बूसँग गरिएको कुराकानीको भिडियो अंश तल प्रस्तुत छ ।

भिडियो अन्तर्वाता हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Comments