‘बागमती लिटिल स्टार’ मा १५ बालबालिका भिड्दै
screennepal
प्रकाशित: २०७३, १० जेष्ठ सोमबार
no img

Bagmati little Star 2016, screennepal

काठमाडौं । ‘बागमती लिटिल स्टार–२०१६’ मा १५ जना बालबालिका अन्तिम स्पर्धामा जुटेका छन् । बालबालिका केन्द्रीत सौन्दर्य उक्त प्रतियोगितामा ६ देखि १२ वर्ष उमेरका बालिबालिकाले सहभागी जनाएका छन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।
द श्रीराज इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगितामा प्रतियोगीहरुलाई कोरियोग्राफर विपना थापाले विभिन्न व्यक्तित्व विकासबारे प्रशिक्षण दिँदै आएका छन् । कार्यक्रम निर्देशक तथा फोटो पत्रकार सुनिल राजभण्डारीका अनुसार स्कुल अध्ययनरत बालबालिकाको प्रतिभा प्रस्फुटन तथा आत्मविकास र क्षमता बृद्धि गर्ने उद्देश्यले ‘बागमती लिटिल स्टार’ को सुरुवात गरिएको हो । कार्यक्रम संयोजक दीपिका थापाका अनुसार प्रतियोगिताको अन्तिम फाइनल रामशाहपथस्थित योगेम्बर ब्याङ्क्वेटमा २२ जेठमा हुनेछ ।

Comments