अनिश र सिर्जनालाई ‘नेपाल फेसन आइकन’ उपाधि
screennepal
प्रकाशित: २०७३, ९ जेष्ठ आईतवार
no img

काठमाडौ । ‘नेपाल फेसन आइकन–२०१६’ को उपाधि अनिश तामाङ र सिर्जना देवकोटाले जितेका छन् । सामाखुसी टाउन प्लानिङका १९ बर्षीय अनिश पुरुषतर्फ र आरुबारी जोरपाटीकी २० बर्षीया सिर्जनाले महिलातर्फको उपाधि चुमेका हुन् । प्रतियोगितामा उनीहरुले शीर्ष उपाधिका साथै चलचित्र र म्युजिक भिडियो अभिनय अवसर प्रदान गर्ने बताइएकोछ ।

IMG_9900
जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार राति अबेर साँझ सम्पन्न प्रतियोगितामा पुरुषतर्फ निर्भिय नकर्मी फस्ट रनरअफ र राजिव ढकाल सेकेन्ड रनरअप भए भने महिलातर्फ सपना भेटुवाल फस्ट रनरअप र आकृति राजभण्डारी सेकेन्ड रनरअफ चुनिए ।
कार्यक्रममा भियोर्स च्वाइस सामिप आचार्य, बेस्ट फिगर आस्था जोसी, मल्टिमिडिया निलम कुसी र अभि क्षत्री, बेष्ट पर्सनालिटी स्नेहा लामा र बिशाल शाक्य, मोष्ट ट्यालेन्ट अन्जना गौतम र सुनिल गोपाली, फेसनालिष्ट सपना भेटुवाल र जोन तामाङ, फोटोजेनिक आस्था जोशी र सुरज पुरीले भए ।

Nepal Fashion Icon 2016
नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरिञ्जीवि नेपाल मुख्य अतिथि रहेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रन–वे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन् ।
अन्तिम स्पर्धाका लागि अभिनेता रेश मरहट्ठा, मोडल दीपक घिमिरे, निर्देशक दिवाकर भट्टराई, मोडल दिक्पाल कार्की, पुर्वमिस्टर नेपाल सन्दिप पोखरेल, गत वर्षका रनवे मोडल अनिश तामाङ, मिस्टर नेपाल–२०१६ गणेश अग्रवाल निर्णायक थिए ।

Comments