पवितालाई ‘जलायो निष्ठुरीको मायाले…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ८ जेष्ठ शनिबार
no img
pabita pariyar

Pabita Pariyar, singer

काठमाडौं । गायिका पविता परियार अमेरिकामा बस्छिन् । तर, विदेशमा रहेर पनि उनी नेपाली गीतसंगीतसँग नजिक छिन् । उदयपुर, गाईघाटमा जन्मेहुर्केकी पविता सन् २००८ यता अमेरिकालाई कर्मथलो बनाउँदै आएकी छन् । यिनै पविताले ‘दीप’ नामक एल्बम ल्याएकी छन् । हालैमात्र न्यूयोर्कमा सार्वजनिक गरिएको उक्त एल्बमको एक भिडियो पविताले श्रोता तथा दर्शकमाझ ल्याएकी छन् ।
एल्बममा समावेश ‘जलायो निष्ठुरीको मायाले…’ बोलको गीतलाई उनले भिडियोमा ल्याएकी हुन् । जुन यु–ट्युबमार्फत उनले सार्वजनिक गरेकी हुन् । शब्द गीता खत्री र संगीत जयकुमारको रहेको यस गीतमा पविताको निकै सुमधुर स्वर सुन्न सकिन्छ । प्रशन्न पौडेलले निर्देशन गरेको यस भिडियोमा अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा र प्रविणले अभिनय गरेका छन् ।

Comments