यसरी जोगाइन् केटी पेरीले सेलेनालाई !
screennepal
प्रकाशित: २०७३, ८ जेष्ठ शनिबार
no img
Katy-Perry

Katy Perry

लस एञ्जलस । गायिका केटी पेरी र ओर्लेन्दो बुमबीच अफेर्यस छ भन्ने कुरा हलिउडमा ब्यापक छ । तर, यसका बाबजुद पनि केही दिनअघि एक समाचार आयो, ‘गायिका तथा अभिनेत्री सेलेना गोमेज र ओर्लेन्दोबीच पनि अफेर्यस छ ।’ यो खबरले केटी र सेलेना दुवैलाई तनाव भएको थियो । अन्ततः केटीले आफ्नो बोयफ्रेन्ड ओर्लेन्डो र सेलेना गोमेजको कथित अफेर्यसबारे मुख खोल्न बाध्य भइन् । उनले उक्त खबरलाई ‘बेकुफ’ बताएकी छन् । ‘मलाई यसमा विश्वास नै छैन’ केटीले भनेकी छन्, ‘जुन खबर बाहिरिएको छ, त्यो बेकुफ र हावादारी हो ।’

selena-gomez

selena-gomez

केटी पेरीको भनाईलाई सेलेनाले पनि समर्थन गर्दै सोशल मिडियामा लेखेकी छन्, ‘एक दिन यो अफवाहलाई हाँस्यास्पद पाउँनुहुनेछ ।’ स्मरणीय कुरा, गएको साता लस भेगासमा आयोजित एक इभेन्टमा ओर्लेन्दो र सेलेना सँगै देखिएका थिए । उक्त नाइटक्लबमा उनीहरु एकसाथ बसेका थिए । यतिमात्र नभएर उनीहरु एउटै कारमा फर्केका थिए । जब ओर्लेन्डो र गोमेजको अफेयरको खबरले चर्चा पाएको हो ।

Comments