मान-सम्मानका लागि कलाकारिता !
screennepal
प्रकाशित: २०७३, ७ जेष्ठ शुक्रबार
no img

nayan

काठमाडौं । नेपाली विभिन्न गीतमा मोडलिङ गर्दै आएका नयन डिसी अब निर्देशनमा पनि देखिएका छन् । पाती भरेसी, रातो सारी सितारा टल्केको, घरछेउमा फुल्यो पारिजात, झल्को आउँछ, छोडेर गयौ, आफन्तसँगलगायत फरक गीतमा मोडलिङ गरिसकेका डिसीले ‘मेरो कर्ममा थिइनौ’ गीतबाट निर्देशनमा आएका हुन् ।
०६४ सालदेखि गीति क्षेत्रमा लागेका डिसी पछिल्लो समयमा नेपाली चलचित्र, लोकदोहोरी, तीज, भूकम्प, आधुनिकजस्ता डेढ दर्जन गीतमा मोडलिङ गरेका छन् । डिसी पैसाभन्दा आफ्नो मान र सम्मानका लागि यस क्षेत्रमा लागेको बताउँछन् । उनी भन्छन् ‘मोडल क्षेत्र एकदमै गाह्रो क्षेत्र हो तर मान र इज्जतका लागि यस क्षेत्रमा निरन्तर लाग्नेछु ।’

Comments