‘मिस्टर एण्ड मिस एसएलसी’ बन्न ४१ को स्पर्धा
screennepal
प्रकाशित: २०७३, ७ जेष्ठ शुक्रबार
no img

काठमाडौं । ‘मिस्टर एण्ड मिस एसएलसी अफ द इयर–२०१६’ हुने भएको छ । रिवन इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगिताको यो दोस्रो संस्करण हो । एसएलसी दिएर बसेका छात्रछात्रालाई उच्च शिक्षा अध्ययनमा पूर्ण छात्रबृत्ति प्रदान गर्नु यस प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जनाएको छ ।
आयोजक संस्थाका प्रवन्ध निर्देशक निशु झाका अनुसार ‘मिस्टर एण्ड मिस एसएलसी अफ द इयर–२०१६’ का सम्पूर्ण सहभागीले आफ्नो रोजाईअनुसार साईन्स, मेनेजमेन्ट र आर्टको ब्रिज कोर्समा पुर्ण छात्रवृति पाउनेछन् भने सम्बन्धित विषयको कलेजमा समेत पुर्ण छात्रबृत्ती पाउनेछन् । झाले सहभागीहरुले आप्mनो इच्छा र रोजाईअनुसार ईड–मार्क एकेडेमी, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज, पेन्टागन इन्टरनेशनल कलेज, आइडल मोडल हायर सेकेन्डरी स्कूल, क्याम्ब्रीज इन्टरनेशनल कलेज, ब्राइट प्mयुचर कलेज, जीएस कलेज, ओमेगा कलेज, मोलिस कलेज, जुबीलेन्ट कलेज र इन्टेनशिभ कलेजबाट छात्रबृत्ति पाउनेछन् ।

Mr & miss slc
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि आयुष बुढाथोकी, विवेक श्रेष्ठ, लोमस बहादुर कार्की, नोर्गेन घिसिड, विपिन लामा, प्रविन मोक्तान, अरुण मोक्तान, उसन थापा, सुविन नेपाली, निर्जन महत, सुनिप मानन्धर, बविन सुनुवार, छिरिड शेर्पा, मनिष अधिकारी, अल्पिक पौड्याल, सुसान्त भण्डारी, यमन गुरुङ, पवन रसाइली, अनुषा महर्जन, सृष्टि थापा मगर, रिया हरिजन, ऋषिमा लामा, अद्यैता रेग्मी, निकिता गौतम, अनिता रानामगर, अमिशा तिमिल्सीना, सरिष्मा थापा शाह, नविना लामा मनिका तामा, प्रिन्सा श्रेष्ठ, मनिता पुडासैनी, अनामिका श्रेष्ठ, सायरा घिमिरे, क्युरिसा शाही, अन्जलि लिम्बु, सुष्मिता राई, जोन्स घले, हर्षिका घिमिरे, कजिना श्रेष्ठ, अलिसा अवाल र निहारिका मैनाली गरी १८ किशोर र २३ किशोरीसहित कुल ४१ जनाले स्पर्धा गर्दैछन् । प्रतियोगीहरुलाई विभिन्न विषयमा एक महिना लामो प्रशिक्षण प्रदान गरेपछि अन्तिम स्पर्धामा उतारिनेछ। प्रतियोगिहरुलाई कोरियोग्राफर अश्वीनी झाले नयाँ वानेश्वरस्थित होटल रानी महलमा कोरियोग्राफीसम्बन्धी तालिम दिईरहेका छन् ।

Comments