‘जति रुवाए नि तिमीले…’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, ५ जेष्ठ बुधबार
no img

काठमाडौं । युवा पुस्ताका चर्चित गायक बादल प्रसाईको आवाजमा रहेको नयाँ गीत ‘जति रुवाए नि तिमीले मलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रदिप थापाको शब्द रहेको सार्वजनिक गीतमा भरत सिटौंलाको संगीत र शैलेन्द्रमान प्रधानको एरेन्ज रहेको छ । गायक प्रसाईको सबैभन्दा प्रतिक्षित रहेको सार्वजनिक गीतको छायाँकन अमेरिका र अष्ट्रेलियामा भएको हो ।

हालै सार्वजनिक भएको भिडियोमा ‘मिस हवाई–२०१५’ की विजेता डिसेम्बरर्सले अभिनय गरेकी छन् । भिडियोमा डिसेम्बरर्सको जोडी आशिषसँग बाँधिएको छ । सार्वजनिक भिडियोलाई आशीष शम्सेर कुँवेरले निर्देशन गरेका हुन् भने अनुप गिरीले सम्पादन र एरिकले खिचेका हुन् । भिडियोमा आशीष शम्सेर कुँवेरले मोडल डिसेम्बरर्सलाई हट अवतारमा प्रस्तुत गराएका छन् ।
भिडियोमा गायक प्रसाईको पक्ष अष्ट्रेलियामा खिचिएको हो भने दुई मोडलको पक्षलाई अमेरिकाको एक समुन्द्री तटहटमा खिचिएको हो । सार्वजनिक गीतको विषयमा बोल्दैं गायक प्रसाईले “जति रुवाएनी तिमीले मलाई” आफ्ना लागि विशेष भएको बताए ।

Comments