‘भोयाज अफ क्रियसन’मा डिजाइनरबीच प्रतिस्पर्धा हुँदै
screennepal
प्रकाशित: २०७३, ५ जेष्ठ बुधबार
no img

काठमाडौं । विभिन्न उमेर समूहका सौन्दर्य प्रतियोगिताको माहौलमा नयाँ–नयाँ फेसन सिर्जना गर्ने फेसन सर्जकहरु अर्थात् फेसन डिजाइनरहरुको सिर्जना, कल्पना र डिजाइनिङ कलाको पनि प्रतिस्पर्धा हुने भएको छ । ‘भोयाज अफ क्रियसन सिजन टू’ शीर्षकमा संचालन हुने फेसन डिजाइनरहरुको यो प्रतिस्पर्धामा नव प्रतिभावान् फेसन डिजाइनहरुको बीच प्रतिस्पर्धा हुँदैछ ।

voyage of creation 1

यही ७ जेष्ठमा दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सञ्चालन हुने प्रतियोगितात्मक यो फेसन कार्यक्रममा २० वटा सिक्वेन्समार्फत् तीन दर्जनभन्दा बढी फेसन डिजाइनहरुले आफ्नो सिर्जनालाई प्रतिस्पर्धाका लागि -याम्पमा प्रस्तुत गर्नेछन् । २४ युवती तथा ८ युवा मोडलले ती फेसन डिजाइनहरुको सिर्जनशीलतालाई प्रदर्शन गर्नेछन् । लाजिम्पाटस्थित नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजनामा संचालन हुने यो प्रतियोगितात्मक फेसन कार्यक्रमलाई ह्याट्स इन्टरटेन्मेन्टको सहकार्यमा जिरो ग्रुप इभेन्टस्ले व्यवस्थापन गर्नेछ । कार्यक्रमका लागि मोडलहरुको ग्रुमिङ एवं कोरियोग्राफी रोजिन शाक्य र बलिउडका कोरियोग्राफर लक्की सरीनले गर्नेछन् ।

voyage of creation girls 2
‘भोयाज अफ क्रियसन सिजन टू’ ले मूलतः फेसन डिजाइनरको कल्पनाशीलता, सृजनशील अभिव्यक्ति र कलात्मक प्रस्तुतिमा केन्दि«त उनीहरुको सोच र फेसनको बदलिंदो शैली तथा स्वरुपमा उनीहरुको सृजनात्मक प्रतिभाको सम्मान र व्यावसायिक दायराको बाटो प्रशस्त गर्ने उद्देश्य राखेको छ । प्रतियोगितालाई थप रोमान्चक र अविष्मरणीय बनाउनका लागि कार्यक्रममा आफ्नो समयका चर्चित मोडल समेत रहिसकेका आशिकी ब्वायका नामले समेत परिचित बलिउड अभिनेता राहुल रोय र भारतीय सुपर मोडल एवं नवअभिनेत्री साधना सिंह शो स्टपरका रुपमा यो फेसन कार्यक्रमको ¥याम्पमा उत्रने छन् । यसै गरी कार्यक्रममा अभिनेत्रीद्वय केकी अधिकारी र स्वस्तिमा खड्का, पूर्व मिस नेपाल सुबिन लिम्बु, गायिका इन्दिरा जोशी र ट्रान्सजेन्डर मोडल भूमिका श्रेष्ठलाई पनि ¥याम्प देख्न पाइनेछ ।

Comments