कुसलको ‘सर न माया अलिकति…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ५ जेष्ठ बुधबार
no img

kusal+reema

काठमाडौं । पछिल्लो समय गायक कुसल थलङ लिम्बू गायनमा भन्दा मोडलका रुपमा बढी देखिन थालेका छन् । उनले यतिखेर मोडलिङमार्फत चर्चासमेत बटुलिरहेका छन् । यसैबेला यी गायक तथा मोडलले सिंगल ट्रयाक एक गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘सर न माया यता अलिकति’ बोलको लोक आधुनिक गीतलाई उनले विभिन्न टेलिभिजन च्यानल तथा यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा भने कुसलले अन्य कलाकारलाई मोडलिङ गराएका छन् । केही समयअघि मात्र एक गीतमा अभिनेत्री करिश्मा मानन्धरसँग मोडलिङ गरेर चर्चामा आएका कुसलले पछिल्लो यस भिडियोमा रीमा विश्वकर्मा र मधुलाई अभिनय गराएका छन् । दिपेन्द्र केसीले निर्देशन रहेको यस भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
राजबाबु श्रेष्ठको शब्दरचना तथा राजनराज सिवाकोटीको संगीत रहेको  ‘सर न माया यता अलिकति’ लाई गायक कुसलले आफ्ना अघिल्ला गीतहरुभन्दा फरक स्वादमा गाएका छन् । श्रोता तथा दर्शकले यस गीतमा फरक स्वाद पाउँने उनले बताए ।

Comments