निलमको यस्तो सुनसान रात…(भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ५ जेष्ठ बुधबार
no img

nilam roju rai

काठमाडौं । गायिका तथा संगीतकार निलम रोजु राई सुनसान रातमा देखिएकी छन् । पछिल्लो समय चर्चामा रहेकी निलमले आफ्नो एल्बम ‘हलपल’ मा समावेश ‘सुनसान रातको…’ गीतलाई भिडियोमा ल्याएकी हुन्, जसमा निलमकै स्वर, शब्द तथा संगीत रहेको छ । यस गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र विजयले मोडलिङ गरेका छन् ।
अर्जुन अधिकारीको निर्देशन रहेको यस म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । संगीत सिर्जनामा चर्चामा रहेकी निलम गायनमा पनि उत्तिकै अब्बल छिन् भन्ने यस गीतबाटै थाहा हुन्छ । केही दिनअघि मात्र यु–ट्युबमार्फत रिलिज गरिएको ‘सुनसान रातको…’ गीतलाई श्रोता दर्शक÷दर्शकले रुचाउँन सक्ने उनको दावी छ । ‘म यस गीतबाट आशावादी छु’ निलमले भनिन्, ‘मेरा श्रोता तथा दर्शकका लागि यो नयाँ स्वाद हुनेछ ।’

Comments