तिमी राम्री… भन्दै करिश्मासँग शंकरको छमछमी ! भिडियो)
screennepal
प्रकाशित: २०७३, ३ जेष्ठ सोमबार
no img

shankar

काठमाडौं । मोडल तथा कोरियोग्राफर शंकर बिसीले थुप्रै युवतीसँग अनस्क्रिन रोमान्स गरिसकेका छन् । उनीसँग जोडिएको युवती चर्चामा समेत आएका छन् । नेपाली लोक गीत क्षेत्रमा एउटा भनाई नै छ, ‘शंकरलाई राम्री लाग्यो कि त्यो युवती चम्कियो ।’ यस्तै, पछिल्लो समय शंकरको नजरमा करिश्मा ढकाल परेकी छन् ।

यसैक्रममा ‘तिमी राम्री मेरो नजरमा…’ भन्दै स्याङ्जा बजारमा करिश्मासँग शंकरले छमछम नाचेका छन् । रुवेन बिसी र देवी घर्तीको स्वर रहेको ‘तिमी राम्री मेरो नजरमा…’ गीतको यस भिडियोमा शंकर र करिश्मा यसरी नाचेका छन् कि उनीहरुले नाचेरै दिल साटे । जीवन बिसीको लय रहेको यस गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् । यो भिडियो गुड मर्निङ नेपालको बजार व्यवस्थापनमा सार्वजनिक गरिएको हो ।

Comments