आर्मी टुँडिखेलमा बदनाम भइन् मुन्नी…! (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, २ जेष्ठ आईतवार
no img

काठमाडौं । राजधानीको आर्मी टुँडिखेलमा शनिबार साँझ पर्दै जाँदा ‘गो गाविन्दा…’ र ‘गन्दी बात…’ भन्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा स्टेजमा झुल्किँदा हजारौं नेपालीले तालीले स्वागत गरे । करिब ६ मिनेटको उक्त डान्स पर्फमेन्सलगत्तै उनले ‘डिजेवाला बाबु मेरा गाना चला दो…’ मा कम्मर मर्काइन् । सोनाक्षीले अआफ्नो लचक्केदार कम्मर मर्काइरहँदा दर्शक हल्लिरहे । नेपाली दर्शकको ताली र हौसलाले फुरंग देखिएकी सोनाक्षीले ‘नमस्ते काठमान्डु’ भन्दै सोनाक्षीले स्टेज छाड्दा फेरि नेपाल आउँने बाचासमेत गरिन् ।

sonakshi
भूकम्पपीडितको सहयोगार्थ भनिएको ‘अमरपन्छी’ नाम दिएको कार्यक्रममा सोनाक्षीका अलावा बलिउडकी ‘मुन्नी’ मलाइका अरोराले नृत्यले दर्शक झुमाए । मलाइकाले ‘चिटिया कलाइया…’, ‘अनारकली डिस्को चली…,’ जस्ता गीतमा नृत्य पस्कँदा दर्शक उचालिएका थिए । मलाइकाले आफ्नै हिट नम्बर ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए…’ मा कम्मर मर्काउँदा मख्खै परे । मलाइकाले दर्शकलाई नेपालीमै प्रश्न गरिन् ‘सन्चै हुनुहुन्छ ?’ नेपाली दर्शकबाट मिलेको प्रतिक्रियाले उनी फुरुंग देखिइन् । सधै सिनेमाको पर्दा र टेलिभिजनमा देख्दै आएका यी बलिउडमा दुई अभिनेत्रीलाई आफ्नै अगाडि पाउँदा दर्शक मख्खै थिए ।

sonakshi 1
सोनाक्षी र मलाइकाको अगाडि नेपाली नायिकाहरु भने ओझेलमा परेझैं लाग्यो । जहाँ सोनाक्षी र मलाइका सँगै रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्कीजस्ता नेपाली अभिनेत्रीहरुले पनि पर्फम गरेका थिए । तर, चर्चा सोनाक्षी र मलाइकाकै बढी गरिएको थियो ।

malaika
हुन त नेपाली नायिकाहरुको पर्फमेन्समा पनि कुनै कमि थिएन । प्रियंका, केकी, ऋचाहरुको नृत्य पर्फमेन्स निकै आर्कषक थियो । तर, हिन्दीमै रमाउन चाहने नेपाली दर्शकका लागि सोनाक्षी र मलाइकाको अगाडि नेपाली नायिकाहरु ओझेलमा परेका थिए ।

rekha
गायिका इन्दिरा जोशीले कार्यक्रममा ‘आमाको गहना बेची…’ ‘बेहुली…’, ‘मेरो लाहुरे आउँछ…,’ ‘सानुमाया…’ लगायतका गीत प्रस्तुत गरिन् । सैनिक श्रीमती संघ नेपालले गरेको उक्त कन्सर्टका लाािग निकै कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

Comments