Video : ल हेर्नुस् अकेशा र मुकेशको ‘ब्रेकिङ न्यूज’
screennepal
प्रकाशित: २०७३, ३० बैशाख बिहीबार
no img

काठमाडौं । ‘जिन्दगी रक्स’ अभिनेत्री अकेशा विष्ट यतिबेला अमेरिका छिन् । कान्तिपुर टेलिभिजनमा भिडियो जक्कीसमेत रहेकी अकेशा केही महिनाअघि अमेरिका पुगेकी हुन् । अभिनेता मुकेश आचार्य पनि केही साताअघि मात्र अमेरिका पुगेका छन् । यसैबेला संयोग नै मान्नुपर्छ, पालै–पालो अमेरिका पुगेका यी दुई कलाकारको जोडीले अभिनय गरेको ‘ब्रेकिङ न्यूज…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

akesha
एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सुरज शाही ठकुरीको पछिल्लो गीत ‘ब्रेकिङ न्यूज…’ को म्युजिक भिडियोमा अकेशा तथा मुकेशको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ । यो भिडियोको निर्देश्ँन विभोर पोखरेलले गरेका हुन् । अभिनेता मुकेश आचार्यकै शब्दमा तयार भएको यो गीतलाई ईन्द्र आरपीले संगीतबद्ध गरेका हुन् । किरण तुलाधर यो गीतका संगीत संयोजक हुन् । पुरानो वानेश्वरस्थित ब्ल्याकपेपर सटुडियोमा उत्पादन गरिएको यो गीतको म्युजिक भिडियोमा जीवन थापाको सम्पादन तथा भिएफएक्स रहेको छ ।
तीन वर्षअघि ‘संस्करण’ शीर्षकको एकल एल्बम सार्वजनिक गरेका गायक ठकुरी त्यही एल्बमको ‘तिमी बिना जिउनु त…’ गीत लोकप्रिय भएपछि स्रोताको रोजाइमा परेका हुन् । गायक शिव परियार तथा संगीतकर्मी चण्डप्रसाद काफ्लेसंग लामो समयसम्म शास्त्रीय संगीतको प्रशिक्षण लिएका गायक ठकुरीले हालसम्म दुई दर्जनभन्दा बढि गीतमा स्वर दिएका छन् ।

Comments