बबिताले ढाका टोपीमा दर्जनलाई नचाइन् (भिडियो)
screennepal
प्रकाशित: २०७३, ३० बैशाख बिहीबार
no img

bishal rai and babita rao

काठमाडौं । गायिका बविता राईले आफ्नो ‘ढाका टोपी’ मा करिब एक दर्जनलाई नचाएकी छन् । बबिताको ‘अनुमा’ एल्बम समावेश ‘ढाका टोपी’ बोलको गीतलाई म्युजिक भिडियोमा सार्वजनिक गरिएको छ । राष्ट्रिय भावना जागृत यस गीतको भिडियोमा गायिकालगायत एली राई, केशव रसाइली, प्रतिमा शेर्पा, फुर्गेली शेर्पा, अञ्जु अवाल, सुनिता गुरुङ र पत्रकार विशाल राईलगायतले अभिनय गरेका छन् ।  विशालले पहिलोपटक राष्ट्रिय गीतमा अभिनय गरेका हुन् ।
ईश्वर चाम्लिङ राईको शब्दरचना रहेको यस राष्ट्रिय गीतलाई रामचन्द्र अञ्जानले संगीत गरेका हुन् । एकान्त मगरले निर्देशन गरेको यस म्युजिक भिडियोलाई करण चौशिरले खिचेका हुन् ।

Comments