न्युयोर्कमा पविताको सांगीतिक ‘दीप’
screennepal
प्रकाशित: २०७३, २८ बैशाख मंगलवार
no img

न्युयोर्क (अमेरिका) । सन्निसाइडस्थित मालिंगो रेष्टुरेण्टमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे तथा नेपाली महावाणिज्यदूत नारायणप्रसाद मैनालीद्वारा गायिक पविता परियारको गीति एल्बम ‘दीप’ लोकार्पण गरिएको छ । साहित्यकार गीता खत्रीका शव्द रहेको उक्त एल्बममा जयकुमार, हरि लम्साल, यस कुमार, महेश खड्का, बसन्त सापकोटा, उदय सोताङले संगीत दिएका छन् ।

deep
कार्यक्रममा बाल्टीमोर, भर्जिनिया, कनेक्टिकट तथा कोलाराडोबाट समेत साहित्यप्रेमी नेपाली उपस्थिति थिए । उपस्थित अतिथिहरुलाई कार्यक्रममा स्वागत गर्दै गीतकार खत्रीले भनिन्, ‘निर्जिव मेरा शब्दहरुलाई गायिका पबिता परियारको स्वर तथा वरिष्ठ संगीतकारहरुको संगीतको झंँकारले सजिव गराउन सफल भएकोमा खुसी छु । उहाँहरुलाई मेरो धेरैधेरै धन्यावाद छ ।’
कार्यक्रममा बोल्दै निर्देशक घिमिरेले पैसाको भरमा अमेरिकातिर बस्नेले मात्र साहित्य लेख्ने गर्छन् भन्ने नेपालतिरको हेराई र दृष्टिकोण गलत रहेको बताएका थिए । उनले भने, ‘यहाँहरुको सिर्जनात्मक कार्यप्रति मैले हार्दिक धन्यवाद दिनैपर्छ र आगामी दिनहरुमा अझ राम्रा–राम्रा सिर्जनाहरु जन्मिन सकुन् ।’ कार्यक्रममा दुईवटा भिडियो देखाइएको थियो ।

Comments