मृत्यु रोज्ने यो कस्तो साथ ? (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २८ बैशाख मंगलवार
no img

काठमाडौं । मोडल मदन दुमी राई र अनु लिम्बु एउटा यस्तो म्युजिक भिडियोमा देखिएका छन्, जसमा साथ खोज्दा दुवैको मृत्यु हुन्छ । गायक राकेश किरातीको ‘साथ खोजेथेँ’ बोलको म्युजिक भिडियोमा मायामा साथ खोज्दा खोज्दै मृत्यु भएको देखाइएको छ । मदन दुमीले नै निर्देशन गरेको यस भिडियोमा दुई प्रेमिको वास्तविक प्रेमकथा दर्साइएको छ । यस भिडियो हेरिसकेपछि ‘चोखो मायामा जे पनि हुनसक्छ’ भन्ने बुझिन्छ ।
यस म्युजिक भिडियोलाई बुद्ध थापा मगरले खिचेका हुन् भने उनकै सम्पादन रहेको छ । यस गीतलाई मनि काङबाङले संगीत गरेका हुन् । यो गीत ‘आफ्नो ठाउँमा’ नामक एल्बममा समावेश  छ । थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेर चर्चामा आएका मदन यसबाट पनि चर्चा बटुलिरहेका छन् । पछिल्लो समय म्युजिक भिडियो निर्देशकका रुपमा समेत चिनिन थालेका मदन यस भिडियोबारे भन्छन्, ‘गीतको भावनाअनुसार मोडललाई मारिएको हो ।’ गीत भावनात्मक छ । र, यसको भिडियो हेरेपछि झनै भावनात्मक बनाउँछ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=ezKAx1Ijlw8

Comments