उडिजाने बादलुसँगै उदाइन् लक्ष्मी (भिडियो)
screennepal
प्रकाशित: २०७३, २८ बैशाख मंगलवार
no img

काठमाडौं । लक्ष्मी स्याङ्तेन नेपाली सांगीतिक बजारमा नवगायिकाको रुपमा उदाएकी छन् । लक्ष्मीले आफ्नो पहिलो गीत ‘उडिजाने बादलुले…’ को भिडियो सार्वजनिक गरेकी छन् । यस गीतमा कृष्ण अविरलको शब्द र भानुभक्त ढकालको संगीत रहेको छ ।

sabbu1
सांगीतिक क्षेत्रमा राम्रो सम्भावना बोकेर संगीत क्षेत्रमा प्रवेश गरेकी लक्ष्मीको यस गीतको म्युजिक भिडियोलाई फोटो पत्रकार तथा निर्देशक नबिनबाबु गुरुङले निर्देशन गरेका हुन् । यस भिडियोमा सब्बु गुरुङ र आर्जेश रेग्मीले अभिनय गरेका छन् । यस म्युजिक भिडियोलाई स्ट्रिट नेपालले निर्माण गरेको हो । भिडियोमा निर्देशक गुरुङकै छायांकन रहेको छ भने सम्पादन अनुप गिरीले गरेका हुन् । एसियन म्युजिकले बजार ब्यबस्थापन गरेको यो भिडियो युट्युबमार्फत सार्वजानिक गरिएको हो ।

Comments