‘मि.एण्ड मिस एसएलसी आइकन’ बन्नलाई ४२ स्पर्धी
screennepal
प्रकाशित: २०७३, २७ बैशाख सोमबार
no img

काठमाडौं । एएनपी मिडिया हाउसले सहभागीहरुलाई उच्च शिक्षामा पूर्ण छात्रबृत्ति प्रदान गर्दै राजधानीमा ‘मिष्टर एण्ड मिस एसएलसी आइकन–२०१६’ प्रतियोगिता गर्ने भएको छ । मिडिया हाउसले सबै सहभागीलाई छात्रबृत्ति प्रदान गर्दै ३ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको हो ।

mr slc
यस वर्षको प्रतियोगिता पनि त्यसैको निरन्तरता भएको आयोजक संस्थाका प्रवन्ध निर्देशक लब हादुर कार्कीले जानकारी गराए । उनका अनुसार ‘मिस्टर एण्ड मिस एसएलसी आइकन’ का सम्पूर्ण सहभागीले आप्mनो रोजाइअनुसार साईन्स, मेनेजमेन्ट र आर्टको ब्रिज कोर्समा पूर्ण छात्रवृति पाउनेछन् भने रोजाइअनुसारै सम्बन्धित विषयको कलेजमा समेत पूर्ण छात्रबृत्ति पाउनेछन् ।
उनका अनुसार सहभागीले आप्mनो इच्छा र रोजाइअनुसार ईड–मार्क एकाडेमी, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज, पेन्टागन इन्टरनेशनल कलेज, आइडल मोडल हायर सेकेन्डरी स्कूल, क्याम्ब्रीज इन्टरनेशनल कलेज, ब्राइट फुचर कलेज, जीएस कलेज, ओमेगा कलेज, मोलिस कलेज, जुबीलेन्ट कलेज र इन्टेनशिभ कलेजबाट छात्रबृत्ती पाउन सक्नेछन् । उनीहरुलाई विभिन्न विषयमा एक महिना लामो प्रशिक्षण प्रदान गरेपछि अन्तिम स्पर्धामा उतारिने आयोजक कार्कीले जानकारी गराए । १८ वर्षदेखि शैक्षिक तथा ८ वर्षदेखि मनोरन्जनको क्षेत्रमा अनुभव हासिल गरेपछि तस्रो संस्करणस्वरुप आयोजना गर्न लागिएको प्रतियोगितामा २५ किशोरी र १७ किशोर गरी ४२ जनाले अन्तिम स्पर्धामा भिड्ने तयारी गरिरहेका छन् ।
युवालाई सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउँदै आफूसित भएको क्षमता पहिचान गर्न अवसर दिलाउने प्रतियोगिताबाट प्रतियोगिहरुले व्यतिmत्व विकास, आत्मविश्वास, नेतृत्वदायी भूमिकाको बिकास, सार्वजनिक सभा, समारोहलगायतमा दृढ विश्वासका साथ बोल्न र प्रस्तुत हुन सक्ने क्षमता अभिबृद्धि, सकारात्मक सोचको बिकास, समयको सदुपयोग गर्नसक्ने क्षमता अभिबृद्धिजस्ता पक्षमा फाइदा लिन सक्नेछन् । प्रतियोगिाको अन्तिम स्पर्धा आगामी २१ जेठमा राजधानीको जमलस्थित सांस्कृतिक संस्थानमा हुनेछ ।

Comments