‘बोल्दिनँ’ भन्दै आए पविन (भिडियो)
screennepal
प्रकाशित: २०७३, २७ बैशाख सोमबार
no img

pabin raaiकाठमाडौं । ‘बोल्दिन…’ भन्दै गायक पविन राई श्रोता/दर्शकमाझ आएका छन् । केही समयअघि मात्र ‘नो नेम’ नामक आधुनिक गीति एल्बम ल्याएका पविनले अहिले आएर एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतको बोल छ, ‘बोल्दिनँ…’ । यो गीत ‘नो नेम’ एल्बमकै हो । भिडियोमा सञ्चारकर्मी तथा अभिनेता श्याम अर्याल र अभिनेत्री केकी अधिकारी देखिएका छन् । शोविज मिडियामार्फत रिलिज गरिएको यस भिडियोलाई शैलेन्द्र खोखालीले निर्देशन गरेका छन् ।
गंगा राईको संगीत/शब्द रहेको यस गीतको भिडियो छायांकन राजधानीमै गरिएको हो । भिडियोमा छायांकन ज्ञानेन्द्र शर्माको रहेको छ भने सम्पादन प्रकाश तुलाधरले गरेका हुन् । भिडियो रिलिज गरेपछि गायक पविनले भने, ‘यस म्युजिक भिडियालाई श्रोता तथा दर्शकले रुचाइदिनेछन् भन्ने अपेक्षा गरेको छु ।’

Comments