डबली उद्घाटनमा संगीतलाई सम्मान
screennepal
प्रकाशित: २०७३, २६ बैशाख आईतवार
no img

काठमाडौं । कपन क्षेत्रमा शास्त्रीय तथा भक्ति संगीतको क्षेत्रमा ९ वर्षदेखि क्रियाशील कपन संगीत सरोवरले एक कार्यक्रम गर्दै संस्थाको डबलीको उद्घाटन गरेको छ । नेपाल संगीत तथा नाट्य प्रतिष्ठाका कूलपति सरुभक्तले सो डबलीको उद्घाटन गरेका हुन् । बुढानिलकण्ठ नगरपालिका वडा नंं १८ स्थित बगलामुखी मन्दिर परिसरमा बनेको संस्थाको नवनिर्मित डबली संस्थाको नवौँ वार्षिकोत्सवको अवसरमा समुद्घाटन गरिएको हो ।

samman
संस्थाले वरिष्ठ संगीत सर्जक तथा प्रस्तोता संगीता प्रधान रानालाई सम्मान पनि गरेको छ । नगद दश हजारसहित ताम्रपत्रद्वारा गायिका प्रधानलाई सम्मान गरिएको थियो । कार्यक्रममा संगीतकार विनय वर्मा तथा गायक सतिश महर्जनले तयार पारेका गजल प्रवाह नामको सिडी पनि विमोचन गरिएको थियो ।
कार्यक्रमा कपन संगीत सरोवरको अक्षय कोष निर्माणका लागि सांसद तथा नेका केन्द्रिय सदस्य गगन थापाले रु. १ लाख प्रदान गर्ने वचन दिए भने कार्यक्रम स्थलमा सोलार बक्ति जडान गरिदिने वचनबद्धता पनि प्रकट गरे । कार्यक्रममा संस्थाको अध्यक्ष विसुकुमार केसीले आउँदो १ वर्ष्भित्र १० लाख रुपैँयाको अक्षयकोषा निर्माण गर्ने घोषणासँगै २० जनाले १० हजार वा सोभन्दा माथिको रकम संस्थाले उपलब्ध गराउने बचन प्रदान गरे । कार्यक्रममा संगीता प्रधानले राज हंसध्वनी, पं समिर डेले स्वतन्त्र तबलावादन, यलमाया क्लासिकको सामुहिक बाँसुरीवादनसँगै कृष्णकुमार खड्का, योगन्द्र उपाध्याय तथा सुरेश लामा, ज्ञान खड्काले भक्ति सगीत प्रस्तुत गरेका थिए । कपन संगीत सरोवरको नयाँ डबली(मञ्च) बिभिन्न सरकारी निकायबाट प्राप्त १६ लाख रुपैँयाबाट निर्माण गरिएको हो ।

Comments