गीता र भीमले उधारोमा माया लाएपछि… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २६ बैशाख आईतवार
no img

ए ! साइँला, जोवन साँचेर
चोखो माया लाउँभन्थे जुनी–जुनी सँगै बसेर ।
लेकै फुल्यो लालीगुराँस बेसी सिमल फूल
उधारोमा माया लाउन गरेँ ठूलो भूल ।
ए  ! साइँला…
लेकै फुल्ने केसरी त बेसी फुल्ने टाँकी
हामो माया यस्तै भयो सम्झना छ बाँकी
ए साइँला… !

एमपी सुब्बा/काठमाडौं ।

उल्लेखित गीतको लयले पूर्वेली गाउँघरको मात्र याद दिलाउँदैन,  विदेसिएका आफ्ना मायालुको पनि उत्तिकै सम्झना गराउँछ । चोखो माया लाउन खोज्दा–खोज्दै विदेशिनुको पीडा त गीतले बोल्छ नै, गाउँबेसीमा मेलापात गर्दै गरेकी मायालुको ताजा स्मरण पनि गराएको छ ।

geeta+bhim
‘ए साइँला….’ यो ठेट नेपाली शब्द हो । यही शब्दलाई अगाडि सारेर नेपालको कुनै पूर्वी जिल्लाको एक युवतीद्वारा साइँलाको चाखो प्रेमलाई उजागर गरिएको छ गीतमार्फत । यति मिठो गीतको शब्द तथा लय संकलन गर्ने स्रष्टा उनै हुन्, जो पूर्वेली लोकगीत क्षेत्रमा ‘मेलोडी किङ’का रुपमा परिचित छन् । हो, तिनै ‘मेलोडी किङ’ हुन्, खगेन्द्र यक्सो । यस गीतमै खगेन्द्रको बासना आउँछ, त्यही बासना यो गीत मिठास बनेको छ । र, लय र शब्दअनुसार गायिका लिला राईको स्वरले माधुर्यता थपेको छ । लिला पूर्वेली लोकगायनले यस गीत थप उचाइमा पु-याउँने प्रवल सम्भावना देखिन्छ ।

khagendra yasko

khagendra yasko

गायक तथा शब्द संकलक खगेन्द्रको यो पछिल्लो सार्वजनिक गीत हो, जसलाई श्रोता तथा दर्शकले रुचाएका छन् । यस भिडियो यु–ट्युबमा रिलिज गरिएको धेरै भएको छैन । केही दिनअघि मात्र रिलिज गरिएको ‘ए साइँला…’ गीतले जेठा–माइला सबै किसिमका दर्शक तथा श्रोताको मन छोएको छ । यो गीत सुन्ने र हेर्ने जतिले एकपटक फेरि ‘वाह, खगेन्द्र यक्सो, पूर्वेली गीत भनेको त यस्तो पो हुनुपर्छ’ भन्न थालेका छन् ।
हुन त खगेन्द्रको हेरक गीतमा पूर्वेली गाउँघर र मेलापातको गन्ध हुन्छ अर्थात् उनका गीतमा गाउँले जीवन्तता झल्किन्छ । त्यही भएरै होला उनी पछिल्लो समयमा आएर पूर्वेली लोक गायनको क्षेत्रमा एउटा गायकमात्र नभई ‘मेलोडी किङ’ का रुपमा चिनिएका हुन् ।
यस गीतको म्युजिक भिडियोलाई लोकेन साँवाले निर्देशन गरेका हुन्, जो पूर्वको चर्चित भिडियो निर्देशक मानिन्छन् । विशेषगरी लोकेन लिम्बू संस्कृति झल्काउँने गीतहरुको भिडियो निर्देशन गर्न माहिर मानिन्छन् । उनले यस गीतमा पनि लिम्बू समुदायको भेषभूषालाई प्रवद्र्धन गर्ने प्रयास गरेका छन् । यस गीतमा भीम थेबे र गीता राईले अभिनय गरेका छन् । भिडियोको एक दृश्यमा गीता र भीम तेह्रथुमे ढाका पहिरनमा देखिएका छन् । यो पहिरन ललितपुरस्थित मिलन चोकमा रहेको तेह्रथुमे ढाका कलेक्शनले उपलब्ध गराएको हो ।
गीतको भावअनुसार मोडलद्वय खुलेका छन् । यसको श्रेय निर्देशक लोकेनलाई दिँदा फरक पर्दैन । यस भिडियोलाई रामेश्वर जिरेलले खिचेका हुन् । यो भिडियो युमा आर्टस्ले आफ्नो यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=YvIaRL4Im_s

Comments