मिस्टर ग्लोबल–२०१६ : ‘टप टेन’ मा पुगे दिक्पाल
screennepal
प्रकाशित: २०७३, २५ बैशाख शनिबार
no img

dik[al karki

काठमाडौं । अन्तर्रास्ट्रिय पुरुष सौन्दर्य तथा प्रतिभा प्रतियोगिता ‘मिस्टर ग्लोबल–२०१६’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गरिरहेका दिक्पाल कार्की ‘टप टेन’ मा पुग्न सफल भएका छन् । थाइल्याण्डमा जारी प्रतियोगितामा दिक्पाल ‘मिस्टर ग्लोबल’ मा नेपालको तर्फबाट पहिलोपटक सहभागी भएका हुन् । उनले आफु टप टेनमा पुग्दा अत्यन्तैं खुसी लागेको बताए ।
२५ बर्र्षीय ६ उचाइका दिक्पालले यस प्रतियोगितामा थाइल्यान्ड, अमेरिका, कोरिया, चीन, अर्जेटिना, ब्राजिल, क्यानाडा, भारतलगायतका देशका प्रतियोगीसँग स्पर्धा गर्दैछन् । दिक्पाल ‘मिस्टर काठमाडौँ–२००९’ को बिजेता हुन् । ‘मिस्टर ग्लोबल–२०१६’ को अन्तिम स्पर्धा ८ मेमा हँदैछ । अभिनेता तथाद मोडल दिक्पालले ‘रंग बैजनी’ र ‘च्याम्पियन’ चलचित्रका अलावा सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
dikpal

Comments