ब्लूतुथबाट दिल सार्दै विजय र ऋचा (भिडियो)
screennepal
प्रकाशित: २०७३, २४ बैशाख शुक्रबार
no img

dil ko

काठमाडौं । मोबाइलमा भएको ब्लूतुथमार्फत कुनै डाटा वा गीत ट्रान्फर गरिन्छ । यो सबैलाई थाहा भएकै हो । तर, दिलको ब्लूतुथले के गर्छ त ? यसको जवाफ मोडल विजयजंग थापा र ऋचा थापासँगै होला किनकि रामजी खाँड र यमुना खड्का सिलाले गाएको ‘दिलको ब्लूतुथ’ बोलको लोकगीतमा यी जोडी दिल खोलेरै नाचेका छन् ।
शिव दर्शन फिल्मस् प्रालिले निर्माण गरेको यस भिडियोलाई विजयल थापाले नै निर्देशन गरेका हुन् । यस भिडियोको कार्यकारी निर्माता भने गायिका तथा गीतकार गायत्री थापा रहेकी छन् । विजय, ऋचा र गायत्री तीन थापाको संयोजन रहेको ‘दिलको ब्लूतुथ’ दर्शक तथा श्रोताको दिलमा सर्नचाहिँ कतिको सफल हुने हो, त्यो समयले नै बताउँनेछ ।

Comments