कलाकारले तताए दुम्जा
screennepal
प्रकाशित: २०७३, २४ बैशाख शुक्रबार
no img

dumja 1

सिन्धुली । जिल्लाको कुशेश्वर दुम्जा–५ बालुवाटारस्थित देवीस्थान उच्च माध्यमिक विद्यालयको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा राष्ट्रियस्तरका कलाकार तथा विद्यालय बालबालिकाले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।
कार्यक्रममा जादुगर कमल बस्नेतले मनोरञ्जनात्मक जादूकला प्रस्तुत गरेका थिए । कजादुगर कमलले बल, रुमाल गायव बनाउने, काटिएको डोरी पुन उस्तैगरी गाँस्नेलगायत जादू प्रस्तुत गरे भने लोकगायिका जमुना आचार्यले दोहोरी गाएर दर्शक नचाइन् । नवनायक रवि आचार्यले छोटो अभिनय प्रस्तुत गरेका थिए ।

dumja
कार्यक्रममा विद्यालय बालबालिकाले विविध जातजातिका लोक नृत्यका साथै घैलाफोरलगायत रमाइला प्रस्तुति प्रदर्शन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्राडा. विद्यानाथ कोइरालाले शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीका उपनिर्देशक यमबहादुर खड्का, शैक्षिक तालिम केन्द्र धनुषाका बरिष्ठ प्रशिक्षक चन्द्रप्रसाद लुइटेललाई सम्मान प्रदान गरेका थिए । सोही अवसरमा प्राडा. कोइरालाले विद्यालयको वार्षिक परीक्षामा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने छात्राद्वय रोशनी घिसिङ र सविना पौडेललाई मिनबहादुर श्रेष्ठ स्मृति छात्राबृत्ति प्रदान गरे  ।

Comments